गुल्मी। रेसुङगा नगरपालिका-३ रेसुङगा संरक्षित वनको गौशाला क्षेत्रबाट विभिन्न विष्फोटक पदार्थसहित दुई वटा मोटरसाइकल शनिबार राति प्रहरीले बरामद गरेको छ।
बरामद गरेको मोटरसाइकलमा लु ३६ प ४८५६ र लु १६ प १९१७ नम्बरको रहेका छन्।
प्रहरीले गौशाला क्षेत्रबाट मोटरसाइकहरूमा राखेको झोलाबाट २७५ ग्राम बारूद, ११५ ग्राम फलामको छर्रा, ६० ग्राम किटको छर्रा, १५० ग्राम सिसाको छर्रा, २१ थान केप, दुई रोल केपमा प्रयोग हुने पटाका, तीन थान ब्याट्री, दुई थान पेचकस र दुई थान सियोसमेत बरामद गरेको छ।
विभिन्न इलेक्ट्रोनिक्स सामान र पक्षी प्रजातिको भुत्लासमेत झोलामा फेला परेको प्रहरीले जनाएको छ।
हातहतियार तथा विष्फोटक पदार्थ लिई अवैधरूपमा वन्यजन्तु पशुपक्षी चोरी सिकारी गर्न गएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उक्त मोटरसाइकहरू भेटी ती सामाग्री बरामद गरेको हो।
प्रहरीले उक्त घटनामा संलग्न व्यक्तिहरूको खोजीका साथै थप अनुसन्धान गरिरहेको जनाएको छ।
" /> गुल्मी। रेसुङगा नगरपालिका-३ रेसुङगा संरक्षित वनको गौशाला क्षेत्रबाट विभिन्न विष्फोटक पदार्थसहित दुई वटा मोटरसाइकल शनिबार राति प्रहरीले बरामद गरेको छ।बरामद गरेको मोटरसाइकलमा लु ३६ प ४८५६ र लु १६ प १९१७ नम्बरको रहेका छन्।

">