आगलागीबाट १० क्वीन्टल धान र ट्र्याक्टर नष्ट
काठमाडौं। कैलालीको जानकी गाउँपालिका-२ खर्गोली बस्ने ४५ वर्षीया राजदेवी चौधरीको पाँच कट्ठा जमिनमा लगाएको धान थ्रेसिङ गर्ने क्रममा शनिबार आगलागी हुँदा १० क्वीन्टल धान र ट्र्याक्टर जलेर पूर्णरूपमा नष्ट भएको छ।

मुख्यमन्त्री नमूना कृषि (धान) समन्वय समिति नामको परियोजना र जानकी गाउँपालिका-२ र ४ को संयुक्त ‘अन टेस्ट’ लेखिएको ट्र्याक्टर तात्तिएर आगलागी हुँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ।

यस्तै, बाराको निजगढ नगरपालिका-१ कठरीया टोल बस्ने शंकर कुवँरको घरमा विजुली सर्ट भई आइतबार बिहान आगलागी हुँदा लत्ता कपडा, भाँडा वर्तन तथा घरमा रहेका अन्य सरसमानहरू जलेर करिब तीन लाख ५० हजार रूपैयाँ मूल्य बराबरको सामन नष्ट भएको छ।

घटनाहरूका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्