काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई एक लाख रूपैयाँ सहयोग गरेका छन्।
क्वारेबियन प्रिमियर लिग खेल्न ट्रिनिडाड एण्ड टोबागो जानुअघि सन्दीपले उक्त सहयोगको प्रतिबद्धता जनाएका थिए। सहयोग रकम आज हस्तान्तरण गरिएको हो। सन्दीपका व्यवस्थापक रमण सिवाकोटीले आज रकम हस्तान्तरण गरेका हुन्।
कोभिड-१९ महामारीका कारण समस्यामा परेका कर्मचारीलाई सन्दीपले राहतस्वरूप रकम प्रदान गरेका हुन्।
‘‘सन्दीप फर्किन ढिला हुने भयो। त्यसैले यस्तो अवस्थामा अप्ठ्यारोमा परेका कर्मचारीहरूलाई रकम हस्तान्तरण गरिएको हो,’’ सिवाकोटीले भने।
क्वारेबियन लिग खेलेर फर्किएका सन्दीप अहिले आईपीएल खेल्न दुबईमा छन्। सन्दीपको टीम दिल्ली क्यापिटल्स लिग चरणमा ६ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। दिल्लीले आजै मुम्बई इन्डियन्सविरुद्ध खेल्दै छ। तथापि, सन्दीपले यस सिजन टीममा स्थान बनाउन संघर्ष गरिरहेका छन्।
सन्दीपले यसअघि कोभिड-१९ रोकथामका लागि सरकारले स्थापना राहत कोषलाई एक लाख रूपैयाँ सहयोग गरेका थिए।
" /> काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई एक लाख रूपैयाँ सहयोग गरेका छन्।क्वारेबियन प्रिमियर लिग खेल्न ट्रिनिडाड एण्ड टोबागो जानुअघि सन्दीपले उक्त सहयोगको प्रतिबद्धता जनाएका थिए। सहयोग रकम आज हस्तान्तरण गरिएको हो। सन्दीपका व्यवस्थापक रमण सिवाकोटीले आज रकम हस्तान्तरण गरेका हुन्।

">