काठमाडौं । २० वर्षीया महिलालाई भारतको वेश्यालयमा बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ५२ वर्षीय टाउटाउ तामाङ रहेका छन्। मानव बेचविखन तथा नियन्त्रण व्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) अनुरागकुमार द्विवेदीले सुराकीको आधारमा उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ बाट पक्राउ गरेको बताए।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ घर भएका उनी काठमाडौंको नयाँवस्तीमा बस्दै आएको खुलेको छ। पैसा लिएर ती महिलालाई २०७२ सालमा भारतको वेश्यालयमा बेचेको आरोप टाउटाउमाथि छ।
उनीमार्फत् वेश्यालयमा बेचिन पुगेकी महिलाको उद्धार २०७६ सालको भदौ ४ गते भएको हो। चार वर्षसम्म वेश्यालयमा नरकीय जीवन जीउन बाध्य उनलाई भारतीय प्रहरीसँग समन्वय गर्दै शक्ति समूहले उद्धार गरेको थियो।
“उद्धारपछि पीडित महिलाले नै २०७६ भदौ ४ गते व्यूरोमा किटानी जाहेरी दिएकी थिइन्, जाहेरीको आधारमा हामीले खोजतलास शुरू गरेका थियौं, फेला परेका थिएनन्,” एसपी द्विवेदीले देखापढीसँग भने, “तर, केही दिन अगाडि हामीले सुराक पायौं र शुक्रबार नियन्त्रणमा लिन सक्यौं।”
टाउटाउ अहिले प्रहरी हिरासतमा छन्। प्रहरीले अनुसन्धान गरिरहेको छ। ‘क्राइम रेकर्ड’ पनि खोजिरहेको एसपी द्विवेदीले बताए।
द्विवेदीका अनुसार उनले महिलालाई दिल्लीदेखि नागाल्याण्ड पुर्याएर त्यहाँको वेश्यालयमा राखेको खुलेको छ।
“राम्रो तलबसहितको काम लगाइ दिने भनेर लगेछन् र दिल्ली हुँदै नागाल्याण्ड पुर्याएछन्,” एसपी द्विवेदीले भने, “महिला साह्रै सोझी हुन्, उनी बेचिँदा १६ वर्षकी रहेछिन् र बेचेपछि टाउटाउ सम्पर्कविहीन भएका रहेछन्।”
बेचिनुभन्दा पहिले महिला भने कामको खोजीमा काठमाडौं आएको खुलेको छ। र, उनी हाल शक्ति समूहकै संरक्षणमा छिन्।
बेचबिखनमा संलग्न टाउटाउमाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार मुद्दा चलाएको छ।
" /> काठमाडौं । २० वर्षीया महिलालाई भारतको वेश्यालयमा बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा ५२ वर्षीय टाउटाउ तामाङ रहेका छन्। मानव बेचविखन तथा नियन्त्रण व्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) अनुरागकुमार द्विवेदीले सुराकीको आधारमा उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ बाट पक्राउ गरेको बताए।

">