विद्युत् प्राधिकरणको गाडीबाट खसेर एक जनाको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको गाडीबाट खसेर शनिबार राति एक महिलाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">मृत्यु हुनेमा बाँके कोहलपुर नगरपालिका-१० बस्ने ६६ वर्षीया गोमा सुवेदी रहेकी छन्।</p>
<p style="text-align: justify;">प्रहरीका अनुसार दाङको लमही नगरपालिका-९ रिहारस्थित सडकमा बा १ ञ २२३१ नम्बरको प्राधिकरणको गाडीबाट खसेर उनको मृत्यु भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
