काठमाडौं। नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ नाम्फामा सञ्चालन गरेको ‘नाम्फा बचाउँ अपरेशन’ सफल भएको छ। गाउँमाथि रहेको विशाल ढुंगालाई हटाई गाउँलेको जीवन सुरक्षित बनाउन सकेकोमा सेनाले खुसी समेत व्यक्त गरेको छ। जोखिमपूर्ण विशाल ढुङ्गा सुरक्षित रुपमा हटाउन सफल भएकोमा कार्यस्थलमा खटिएका नेपाली सेनाका जवानहरुलाई आज एक कार्यक्रमको आयोजना गरी स्थानीयले सम्मान गरेका थिए।
'उक्त विशाल ढुङ्गाका कारण डर र त्रासमा रहेका नाम्फा तथा आसपासका वासिन्दाहरुको समस्या समाधान गर्ने कार्यमा सहयोग गर्ने स्थानियवासी तथा जनप्रतिनिधिहरु एवं प्राविधिकहरुमा नेपाली सेना आभार प्रकट गर्दछ। साथै नागरिक सैनिक सम्बन्धमा अझ प्रगाढ बनाउन नेपाली सेना सदैव क्रियाशील रहन्छ,' नेपाली सेनाको जनम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।
सिन्धुपाल्चोकका जुगल गाउँपालिका–२ नाम्फादेखि करिब एक किलोमिटर माथि र वडा नं.२ सञ्च गाउँभन्दा करिब २०० मिटर तल एउटा विशाल ढुङ्गा २०७२ सालको भुकम्पको कारण आफ्नो पहिलेको स्थानबाट सरेर तल होचो भु–भागमा झर्ने अवस्थामा रहेको थियो।
त्यस स्थानको जमिन प्राकृतिक रुपमा निकै खुकुलो रहेको हुँदा वर्षा लगायत अन्य कुनै कारणबाट आफ्नो स्थान छोडेको खण्डमा जुगल गाउँपालिका–२ अन्तर्गत रहेको सान्चो, नाम्फा ठूलो र नाम्फा सानो गाउँमा गम्भीर मानवीय र भौतिक क्षति पुर्‍याउने सम्भावन थियो। उक्त ढुंगा खसेमा बलेफी खोला थुनिन गई निर्माणाधिन बलेफी हाईड्रो पावर प्रोजेक्टलाई समेत ठुलो असर पार्ने निश्चित थियो।
ढुङ्गाका कारण नाम्फा गाउँको १४९ र सञ्च गाउँका ११५ घरमा भौतिक तथा मानवीय क्षति हुने प्रवल सम्भावना रहेकाले स्थानीयवासीहरुमा त्रासको अवस्था थियो।
२०७७ असोज ६ गते बसेको सिन्धुपाल्चोक जिल्ला विपद् व्यवस्थापन समितिले उक्त ढुंगा हटाउन सेनाको गोरख बक्स गण, कालीसिद्धि गण (ईन्जिनियरिङ्ग) लाई अनुरोध गरेको थियो। त्यसपछि सेनाले ढुंगा हटाउने योजना बनाएको थियो, जसलाई नाम दिइएको थियो– ‘नाम्फा बचाउँ अपरेशन’।
सेनाले २०७७ असोज १२ गतेबाट काम थालेको थियो।  सेनाले विष्फोटक पदार्थको सन्तुलित मात्रा प्रयोग गरी सुरक्षित रुपमा ढुङ्गा हटाएको हो। सेनाका अनुसार ३३५ केजी विष्फोटक पदार्थ प्रयोग गरिएको थियो।
" /> काठमाडौं। नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ नाम्फामा सञ्चालन गरेको ‘नाम्फा बचाउँ अपरेशन’ सफल भएको छ। गाउँमाथि रहेको विशाल ढुंगालाई हटाई गाउँलेको जीवन सुरक्षित बनाउन सकेकोमा सेनाले खुसी समेत व्यक्त गरेको छ। जोखिमपूर्ण विशाल ढुङ्गा सुरक्षित रुपमा हटाउन सफल भएकोमा कार्यस्थलमा खटिएका नेपाली सेनाका जवानहरुलाई आज एक कार्यक्रमको आयोजना गरी स्थानीयले सम्मान गरेका थिए।
'उक्त विशाल ढुङ्गाका कारण डर र त्रासमा रहेका नाम्फा तथा आसपासका वासिन्दाहरुको समस्या समाधान गर्ने कार्यमा सहयोग गर्ने स्थानियवासी तथा जनप्रतिनिधिहरु एवं प्राविधिकहरुमा नेपाली सेना आभार प्रकट गर्दछ। साथै नागरिक सैनिक सम्बन्धमा अझ प्रगाढ बनाउन नेपाली सेना सदैव क्रियाशील रहन्छ,' नेपाली सेनाको जनम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।
सिन्धुपाल्चोकका जुगल गाउँपालिका–२ नाम्फादेखि करिब एक किलोमिटर माथि र वडा नं.२ सञ्च गाउँभन्दा करिब २०० मिटर तल एउटा विशाल ढुङ्गा २०७२ सालको भुकम्पको कारण आफ्नो पहिलेको स्थानबाट सरेर तल होचो भु–भागमा झर्ने अवस्थामा रहेको थियो।
त्यस स्थानको जमिन प्राकृतिक रुपमा निकै खुकुलो रहेको हुँदा वर्षा लगायत अन्य कुनै कारणबाट आफ्नो स्थान छोडेको खण्डमा जुगल गाउँपालिका–२ अन्तर्गत रहेको सान्चो, नाम्फा ठूलो र नाम्फा सानो गाउँमा गम्भीर मानवीय र भौतिक क्षति पुर्‍याउने सम्भावन थियो। उक्त ढुंगा खसेमा बलेफी खोला थुनिन गई निर्माणाधिन बलेफी हाईड्रो पावर प्रोजेक्टलाई समेत ठुलो असर पार्ने निश्चित थियो।
ढुङ्गाका कारण नाम्फा गाउँको १४९ र सञ्च गाउँका ११५ घरमा भौतिक तथा मानवीय क्षति हुने प्रवल सम्भावना रहेकाले स्थानीयवासीहरुमा त्रासको अवस्था थियो।
२०७७ असोज ६ गते बसेको सिन्धुपाल्चोक जिल्ला विपद् व्यवस्थापन समितिले उक्त ढुंगा हटाउन सेनाको गोरख बक्स गण, कालीसिद्धि गण (ईन्जिनियरिङ्ग) लाई अनुरोध गरेको थियो। त्यसपछि सेनाले ढुंगा हटाउने योजना बनाएको थियो, जसलाई नाम दिइएको थियो– ‘नाम्फा बचाउँ अपरेशन’।
सेनाले २०७७ असोज १२ गतेबाट काम थालेको थियो।  सेनाले विष्फोटक पदार्थको सन्तुलित मात्रा प्रयोग गरी सुरक्षित रुपमा ढुङ्गा हटाएको हो। सेनाका अनुसार ३३५ केजी विष्फोटक पदार्थ प्रयोग गरिएको थियो।
"> सेनाको ‘नाम्फा बचाउँ’ अपरेशन सफल, २६४ परिवारलाई मिल्यो राहत: Dekhapadhi
सेनाको ‘नाम्फा बचाउँ’ अपरेशन सफल, २६४ परिवारलाई मिल्यो राहत
काठमाडौं। नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ नाम्फामा सञ्चालन गरेको ‘नाम्फा बचाउँ अपरेशन’ सफल भएको छ। गाउँमाथि रहेको विशाल ढुंगालाई हटाई गाउँलेको जीवन सुरक्षित बनाउन सकेकोमा सेनाले खुसी समेत व्यक्त गरेको छ। जोखिमपूर्ण विशाल ढुङ्गा सुरक्षित रुपमा हटाउन सफल भएकोमा कार्यस्थलमा खटिएका नेपाली सेनाका जवानहरुलाई आज एक कार्यक्रमको आयोजना गरी स्थानीयले सम्मान गरेका थिए।
'उक्त विशाल ढुङ्गाका कारण डर र त्रासमा रहेका नाम्फा तथा आसपासका वासिन्दाहरुको समस्या समाधान गर्ने कार्यमा सहयोग गर्ने स्थानियवासी तथा जनप्रतिनिधिहरु एवं प्राविधिकहरुमा नेपाली सेना आभार प्रकट गर्दछ। साथै नागरिक सैनिक सम्बन्धमा अझ प्रगाढ बनाउन नेपाली सेना सदैव क्रियाशील रहन्छ,' नेपाली सेनाको जनम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।
सिन्धुपाल्चोकका जुगल गाउँपालिका–२ नाम्फादेखि करिब एक किलोमिटर माथि र वडा नं.२ सञ्च गाउँभन्दा करिब २०० मिटर तल एउटा विशाल ढुङ्गा २०७२ सालको भुकम्पको कारण आफ्नो पहिलेको स्थानबाट सरेर तल होचो भु–भागमा झर्ने अवस्थामा रहेको थियो।
ढुङ्गाका कारण नाम्फा गाउँको १४९ र सञ्च गाउँका ११५ घरमा भौतिक तथा मानवीय क्षति हुने प्रवल सम्भावना रहेकाले स्थानीयवासीहरुमा त्रासको अवस्था थियो।
२०७७ असोज ६ गते बसेको सिन्धुपाल्चोक जिल्ला विपद् व्यवस्थापन समितिले उक्त ढुंगा हटाउन सेनाको गोरख बक्स गण, कालीसिद्धि गण (ईन्जिनियरिङ्ग) लाई अनुरोध गरेको थियो। त्यसपछि सेनाले ढुंगा हटाउने योजना बनाएको थियो, जसलाई नाम दिइएको थियो– ‘नाम्फा बचाउँ अपरेशन’।
सेनाले २०७७ असोज १२ गतेबाट काम थालेको थियो।  सेनाले विष्फोटक पदार्थको सन्तुलित मात्रा प्रयोग गरी सुरक्षित रुपमा ढुङ्गा हटाएको हो। सेनाका अनुसार ३३५ केजी विष्फोटक पदार्थ प्रयोग गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्