कैलाली। गत शुक्रबार बाजुराको हिमाली गाउँपालिका-५, कवाडी खोलामा डुबेर बेपत्ता भएकामध्ये दुईजनाको शव फेला परेको छ।
आमासहित एकै परिवारका पाँचजना सदस्य असोज १६ गते कवाडी खोलामा डुबेर बेपत्ता भएका थिए।
प्रहरीले खोजी गर्ने क्रममा शनिबार ४ वर्षीया छोरी सन्तोषी नेपाली र आमा सत्ता नेपालीकाे आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) मदनजीत महराले बताए।
फेला परेकामध्ये सन्तोषीलाई डुबेको ठाउँभन्दा १० किलोमिटर पर र सत्तालाई तीन किलोमिटर पर कर्णाली नदीको बीच भागमा रहेको काटेबगर भन्ने स्थानमा फेला परेको डीएसपी महराले बताए।
बेपत्ता भएका पाँच वर्षीया आरती, एक वर्षीया किस्मती र २ वर्षीय सम्मान नेपालीको खोजी कार्य भइरहेको डीएसपी महराले बताए।
" /> कैलाली। गत शुक्रबार बाजुराको हिमाली गाउँपालिका-५, कवाडी खोलामा डुबेर बेपत्ता भएकामध्ये दुईजनाको शव फेला परेको छ।आमासहित एकै परिवारका पाँचजना सदस्य असोज १६ गते कवाडी खोलामा डुबेर बेपत्ता भएका थिए।

">