कैलाली। कोरोना महामारीको जोखिमले यस वर्ष दसैंका लागि घर जाने यात्रुहरूको कमीका कारण बसपार्कहरू सुनसान बन्दै गएका छन्।
विगतमा दसैं शुरू नहुँदै कैलालीको धनगढी बसपार्कमा चहलपहल शुरू भइसक्थ्यो। तर, यसवर्ष बसपार्क क्षेत्र सुनसान छ।
यात्रुहरू दसैंका लागि भन्दा पनि काम विशेषले मात्रै बाध्यताले यात्रा गर्नुपरेको बताउँछन्। धनगढी बसपार्क व्यवस्थापनले यात्रुहरूको चाप नभएको भन्दै दसैंलक्षित टिकट बुकिङ पनि नखोल्ने भएको छ।
अघिल्ला वर्षहरूमा दसैं शुरू हुनुभन्दा करिब एक महीनाअघिदेखि नै टिकट बुकिङ खुला भइसक्थ्यो। तर, यस वर्ष यात्रु नै नभएका कारण अग्रिम टिकट बुकिङ खुल्न नसकेको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका कार्यालय प्रमुख देविलाल जोशीले बताए।
हाल सञ्चालनमा रहेका सवारीसाधनले पनि पर्याप्त यात्रु पाएका छैनन्। दसैंको समयमा यात्रु बढ्ने अपेक्षामा रहेका यातायात व्यवसायीहरू यात्रु नै नहुने स्थिति आएपछि व्यवसायमा झन् घाटा हुने भन्दै निराश देखिन्छन्।
" /> कैलाली। कोरोना महामारीको जोखिमले यस वर्ष दसैंका लागि घर जाने यात्रुहरूको कमीका कारण बसपार्कहरू सुनसान बन्दै गएका छन्।विगतमा दसैं शुरू नहुँदै कैलालीको धनगढी बसपार्कमा चहलपहल शुरू भइसक्थ्यो। तर, यसवर्ष बसपार्क क्षेत्र सुनसान छ।

">