काठमाडौं। संसारका थुप्रै मुलुकबाट दासप्रथा उन्मूलन भइसकेको छ। कुनै पनि बहानामा दास राख्नु, तिनको किनबेच गर्नु गैरकानुनी र दण्डनीय अपराध हो।

नेपालबाट पनि दास प्रथा उन्मूलन भएको डेढ सय वर्ष नाघिसकेको छ। दास प्रथा खराब तथा दण्डनीय अपराध हो भनी संसारका कतिपय मुलुकले कानुन नै बनाएका छन्।

तर यी सबै कागजी प्रतिबद्धता मात्रै रहेको एक नयाँ रिपोर्टले देखाएको छ। संसारभर अहिले पनि चार करोड मानिसले विभिन्न खालका आधुनिक दासका रुपमा जीवनयापन गरिरहेका छन्।

आधुनिक संसारमा जबर्जस्ती श्रम गराउनु दोस्रो ठूलो अपराधका रुपमा रहेको अध्ययनहरुले देखाएका छन्। यसबाट श्रमका नाममा अर्बौं डलर शोषण भइरहेको छ।

दासता स्वीकार गरेर जीवन बिताइरहेका महिलाको संख्या हेर्दा झनै कहालिलाग्दो देखिएको छ। विश्व संस्था यूएन (संयुक्त राष्ट्र)का अनुसार संसारभर अहिले पनि दुई करोड ९० लाख महिला दासताको सिकार भइरहेका छन्। भलै, दासतालाई ‘आधुनिक’ विशेषण किन नदिइएको होस्! यूएनले आधुनिक दासतालाई जबर्जस्ती श्रम गराउनु, जबर्जस्ती विवाह गराउनु, ऋण दिएर बन्धक बनाउनु तथा घरेलु श्रममा लगाउनुजस्ता कार्यमा परिभाषित गरेको छ।

‘वाक फ्रि एन्टी–स्लेभरी’ नामक संस्थाका सहसंस्थापक ग्रेस फरेस्टका अनुसार हरेक १३० महिलामा एकजना आधुनिक दासको जीवन बाँचिरहेका छन्। मानव इतिहासमै यो संख्या सबैभन्दा बढी हो। दुनियाँ अहिलेको समयलाई विकसित समाज महिलाका लागि सबैभन्दा राम्रो समय मानिरहेको छ!

कुनै एक व्यक्ति दोस्रो व्यक्तिलाई आर्थिक वा स्वयंकाे लाभका निम्ति शोषण गर्छ र कसैको स्वतन्त्रतालाई चरणबद्ध ढंगमा समाप्त पार्छ भने त्यसलाई अमानवीय हर्कत मानिने फरेस्टको भनाइ छ। र, यसलाई वाक फ्रि एन्टी–स्लेभरी संस्थाले आधुनिक दासताको परिभाषा मानेको छ। हरेक १३० महिलामध्ये एकजना आधुनिक दास बनिरहेको वैश्विक आँकडा यूएनको इन्टरनेसनल लेबर अर्गनाइजेसन तथा इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनको कामको आधारमा अनुमान गरिएको हो।

यही रिपोर्टको एक खण्डमा यौन उत्पीडनका सबैखाले पीडितमध्ये ९९ प्रतिशत महिला रहेको उल्लेख गरिएको छ। जबर्जस्ती विवाह पीडितमा ८४ प्रतिशत र जबर्जस्ती श्रमका सबै पीडितमध्ये ५८ प्रतिशत महिला रहेको पनि रिपोर्टमा खुलाइएको छ। यसले श्रम होस् या अनमेल विवाहका मुख्य पीडित महिला नै रहँदै आएको स्पष्ट पारेको छ।

रिपोर्ट भन्छ– आधुनिक दासताको अनुहार समयक्रमसँगै मौलिक रुपमा बदलिँदै गएको छ। महिला दासताको बन्धनमा जकडिने क्रम बढिरहेको आँकडा कोरोना महामारीभन्दा अघिको समयको हो। आशंका के गरिएको छ भने, महामारीको समयमा महिलामाथिको शोषण, विभेद, बलात्कार र दासतामा झनै वृद्धि भएको छ। तथापि, यसबारे कुनै अध्ययन भएको छैन।

फरेस्टका अनुसार वाक फ्रि एन्टी–स्लेभरी र यूएनको ‘हरेक महिला हरेक बाल कार्यक्रम’ मिलेर आधुनिक दासता अन्त्यको लागि कारवाही माग गर्दै विश्व अभियान सञ्चालनको तयारीमा छन्। यो अभियान अन्तर्गत बालविवाह र जबर्जस्ती विवाह निर्मूल गर्न आग्रह गरिने छ। अनौठो त के छ भने, अहिले पनि संसारका १३६ देशमा बालविवाह र जबर्जस्ती विवाहलाई अपराध मानिँदैन।

यही अभियान अन्तर्गत बहुराष्ट्रिय कम्पनीहरुमा महिला श्रमिकको सवाललाई लिएर पारदर्शिता र जवाफदेहिता माग गरिने छ। हामीले खरिद गर्ने सामानको आपूर्ति शृंखलामा महिला तथा किशोरीलाई जबर्जस्ती श्रम गर्नुपरेको र तलबसुविधामा शोषण हुँदै आएको फरेस्टको भनाइ छ। विशेषगरी, कपडा, कफी, प्रौद्योगिकीका क्षेत्रमा काम गर्ने कम्पनीहरुमा यस्तो समस्या अधिक रहेको पाइएको छ। (एजेन्सीहरुको सहयोगमा)

" /> काठमाडौं। संसारका थुप्रै मुलुकबाट दासप्रथा उन्मूलन भइसकेको छ। कुनै पनि बहानामा दास राख्नु, तिनको किनबेच गर्नु गैरकानुनी र दण्डनीय अपराध हो।

"> चार करोड आधुनिक दास! महिला बढी प्रताडित: Dekhapadhi आधुनिक संसारमा जबर्जस्ती श्रम गराउनु दोस्रो ठूलो अपराधका रुपमा रहेको अध्ययनहरुले देखाएका छन्, यसबाट श्रमका नाममा अर्बौं डलर शोषण भइरहेको छ।
• ‘वाक फ्रि एन्टी–स्लेभरी’ नामक संस्थाका अनुसार हरेक १३० महिलामा एक जना आधुनिक दासको जीवन बाँचिरहेका छन्।
• अहिले पनि संसारका १३६ देशमा बालविवाह र जबर्जस्ती विवाहलाई अपराध मानिँदैन।

तस्वीरः युनिसेफ।
चार करोड आधुनिक दास! महिला बढी प्रताडित
काठमाडौं। संसारका थुप्रै मुलुकबाट दासप्रथा उन्मूलन भइसकेको छ। कुनै पनि बहानामा दास राख्नु, तिनको किनबेच गर्नु गैरकानुनी र दण्डनीय अपराध हो।

नेपालबाट पनि दास प्रथा उन्मूलन भएको डेढ सय वर्ष नाघिसकेको छ। दास प्रथा खराब तथा दण्डनीय अपराध हो भनी संसारका कतिपय मुलुकले कानुन नै बनाएका छन्।

तर यी सबै कागजी प्रतिबद्धता मात्रै रहेको एक नयाँ रिपोर्टले देखाएको छ। संसारभर अहिले पनि चार करोड मानिसले विभिन्न खालका आधुनिक दासका रुपमा जीवनयापन गरिरहेका छन्।

आधुनिक संसारमा जबर्जस्ती श्रम गराउनु दोस्रो ठूलो अपराधका रुपमा रहेको अध्ययनहरुले देखाएका छन्। यसबाट श्रमका नाममा अर्बौं डलर शोषण भइरहेको छ।

दासता स्वीकार गरेर जीवन बिताइरहेका महिलाको संख्या हेर्दा झनै कहालिलाग्दो देखिएको छ। विश्व संस्था यूएन (संयुक्त राष्ट्र)का अनुसार संसारभर अहिले पनि दुई करोड ९० लाख महिला दासताको सिकार भइरहेका छन्। भलै, दासतालाई ‘आधुनिक’ विशेषण किन नदिइएको होस्! यूएनले आधुनिक दासतालाई जबर्जस्ती श्रम गराउनु, जबर्जस्ती विवाह गराउनु, ऋण दिएर बन्धक बनाउनु तथा घरेलु श्रममा लगाउनुजस्ता कार्यमा परिभाषित गरेको छ।

‘वाक फ्रि एन्टी–स्लेभरी’ नामक संस्थाका सहसंस्थापक ग्रेस फरेस्टका अनुसार हरेक १३० महिलामा एकजना आधुनिक दासको जीवन बाँचिरहेका छन्। मानव इतिहासमै यो संख्या सबैभन्दा बढी हो। दुनियाँ अहिलेको समयलाई विकसित समाज महिलाका लागि सबैभन्दा राम्रो समय मानिरहेको छ!

कुनै एक व्यक्ति दोस्रो व्यक्तिलाई आर्थिक वा स्वयंकाे लाभका निम्ति शोषण गर्छ र कसैको स्वतन्त्रतालाई चरणबद्ध ढंगमा समाप्त पार्छ भने त्यसलाई अमानवीय हर्कत मानिने फरेस्टको भनाइ छ। र, यसलाई वाक फ्रि एन्टी–स्लेभरी संस्थाले आधुनिक दासताको परिभाषा मानेको छ। हरेक १३० महिलामध्ये एकजना आधुनिक दास बनिरहेको वैश्विक आँकडा यूएनको इन्टरनेसनल लेबर अर्गनाइजेसन तथा इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनको कामको आधारमा अनुमान गरिएको हो।

यही रिपोर्टको एक खण्डमा यौन उत्पीडनका सबैखाले पीडितमध्ये ९९ प्रतिशत महिला रहेको उल्लेख गरिएको छ। जबर्जस्ती विवाह पीडितमा ८४ प्रतिशत र जबर्जस्ती श्रमका सबै पीडितमध्ये ५८ प्रतिशत महिला रहेको पनि रिपोर्टमा खुलाइएको छ। यसले श्रम होस् या अनमेल विवाहका मुख्य पीडित महिला नै रहँदै आएको स्पष्ट पारेको छ।

रिपोर्ट भन्छ– आधुनिक दासताको अनुहार समयक्रमसँगै मौलिक रुपमा बदलिँदै गएको छ। महिला दासताको बन्धनमा जकडिने क्रम बढिरहेको आँकडा कोरोना महामारीभन्दा अघिको समयको हो। आशंका के गरिएको छ भने, महामारीको समयमा महिलामाथिको शोषण, विभेद, बलात्कार र दासतामा झनै वृद्धि भएको छ। तथापि, यसबारे कुनै अध्ययन भएको छैन।

फरेस्टका अनुसार वाक फ्रि एन्टी–स्लेभरी र यूएनको ‘हरेक महिला हरेक बाल कार्यक्रम’ मिलेर आधुनिक दासता अन्त्यको लागि कारवाही माग गर्दै विश्व अभियान सञ्चालनको तयारीमा छन्। यो अभियान अन्तर्गत बालविवाह र जबर्जस्ती विवाह निर्मूल गर्न आग्रह गरिने छ। अनौठो त के छ भने, अहिले पनि संसारका १३६ देशमा बालविवाह र जबर्जस्ती विवाहलाई अपराध मानिँदैन।

यही अभियान अन्तर्गत बहुराष्ट्रिय कम्पनीहरुमा महिला श्रमिकको सवाललाई लिएर पारदर्शिता र जवाफदेहिता माग गरिने छ। हामीले खरिद गर्ने सामानको आपूर्ति शृंखलामा महिला तथा किशोरीलाई जबर्जस्ती श्रम गर्नुपरेको र तलबसुविधामा शोषण हुँदै आएको फरेस्टको भनाइ छ। विशेषगरी, कपडा, कफी, प्रौद्योगिकीका क्षेत्रमा काम गर्ने कम्पनीहरुमा यस्तो समस्या अधिक रहेको पाइएको छ। (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्