काठमाडौं। रोकी राखेको ट्रकमा ठोक्किन पुग्दा भक्तपुरको सूर्यविनायकमा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बा ३० प ९६११ नम्बरका मोटरसाइकल चालक भक्तपुर नगरपालिका–४, दरबार स्वायरका ३८ वर्षीय लक्ष्मण ट्वाटी रहेका छन्।
उनकाे उपचारको क्रममा डाक्टर इवामुरा अस्पतालमा मृत्यु भएकाे महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
उनले चलाएकाे मोटरसाइकलले शनिबार राति १० बजेतिर सूर्यविनायकको चुनदेवीमा रोकी राखेको बा ३ ख ८८०३ नम्बरको ट्रकलाई ठक्कर दिएको भक्तपुुर प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) केशवकुमार थेबेले जानकारी दिए।
मोटरसाइकलको पछाडि सवार ७ वर्षकी प्रमिला लामा घाइते भएकी छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
" /> काठमाडौं। रोकी राखेको ट्रकमा ठोक्किन पुग्दा भक्तपुरको सूर्यविनायकमा मोटरसाइकल चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा बा ३० प ९६११ नम्बरका मोटरसाइकल चालक भक्तपुर नगरपालिका–४, दरबार स्वायरका ३८ वर्षीय लक्ष्मण ट्वाटी रहेका छन्।

">