म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका-५, मल्कबाङ घर भई प्रवासमा रहेका स्थानीयवासीले छिमेकी गाउँ मराङका पहिरोपीडितलाई चार लाख रूपैयाँ बढी आर्थिक सहयोग गरेका छन्।
सामाजिक अभियानकर्मी रविन्स घरब्जा छन्त्यालको अगुवाइमा कतार, जापान, मेलेशिया र अष्ट्रेलियामा रहेका मल्कबाङ र मलम्पारवासीबाट सहयोग सङ्कलन गरी चार लाख २१ हजार १९० रूपैयाँ सहयोग गरेका हुन्।
सो सहयोग रकममध्ये मल्कबाङ हेल्थ पोष्टमा कार्यरत सिनियर अनमी जगदेवी छन्त्यालले १० हजार सहयोग गरेकी थिइन्।
सङ्कलित रकम शनिबार एक कार्यक्रमका बीच पीडित परिवारलाई हस्तान्तरण गरिएको समन्वयकर्ता हरि छन्त्यालले बताए।
राहत रकममध्ये धवलागिरि गाउँपालिका-६ मराङका २१ जना मृतकका आफन्तलाई १२ हजार रूपैयाँको दरले राहत दिइएको छ।
त्यसैगरी बाढीपहिरोले पूर्ण क्षति भएका १३ घरधुरीलाई सात हजारका दरले र आंशिक क्षति भएका १२ जनालाई पाँच हजारका दरले राहत दिइएको थियो।
त्यसैगरी स्थानीय गाउँमा अपाङ्गता भएका पाँचजनालाई एक हजार ५०० रूपैयाँका दरले सहयोग गरिएको छ। रासस
" /> म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका-५, मल्कबाङ घर भई प्रवासमा रहेका स्थानीयवासीले छिमेकी गाउँ मराङका पहिरोपीडितलाई चार लाख रूपैयाँ बढी आर्थिक सहयोग गरेका छन्।सामाजिक अभियानकर्मी रविन्स घरब्जा छन्त्यालको अगुवाइमा कतार, जापान, मेलेशिया र अष्ट्रेलियामा रहेका मल्कबाङ र मलम्पारवासीबाट सहयोग सङ्कलन गरी चार लाख २१ हजार १९० रूपैयाँ सहयोग गरेका हुन्।

">