काठमाडौं। पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले कोभिड-१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा हिजो डा. खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताए।
पूर्वमन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि अध्ययनको काम भइरहेको जानकारी गराएका छन्।
नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीले विदेशमा रहेका नेपालीको ज्ञानलाई स्वदेशमा प्रयोग गर्न सक्नुपर्नेमा जोड दिए।
"आम्दानी नै नहुने स्थिति छ, रोजगारी खोसिएको छ, अस्पताल गएर उपचार गराउनसक्ने अवस्था छैन, उहाँहरूका लागि सरकारले के गर्यो ? यसबाट कसरी बाहिर निस्कने भनेर चिन्तन र रणनीति खोइ ?" उनले प्रश्न गरे।
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले कोभिड-१९ का कारण आर्थिक संकट गहिरिँदै गएको बताए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले गैरआवासीय नेपालीसँग रहेको ज्ञान, सीप र भिजनको समुचित प्रयोग गरेर देश विकासमा लगाउनुपर्ने बताए।
एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजी, स्कूल अफ इन्भारोमेन्ट, रिसोर्स एन्ड डभलपमेन्टका प्रा.डा. शोभाकर ढकालले महामारीका कारण दिगो विकास लक्ष्यमा अझ चुनौती थपिएको बताए।
कार्यक्रममा पूर्वराजदूत भीम उदास, महिला तथा बालबालिका मन्त्रालयकी सचिव यमकुमारी खतिवडा, एकनाथ खतिवडालगायतले कोभिड-१९ बाट संकटमा परेको अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम अगाडि चाल्नुपर्नेमा जोड दिएका छन्।
लकडाउनका कारण उद्योग, व्यापार क्षेत्र प्रभावित बनेकामा अब डिजिटल व्यापारमा आशा पलाएको उनीहरूको भनाइ छ।
यो सत्रको सहजीकरण अर्थशास्त्री विश्व पौडलले गर्नुभएको थियो।
" /> काठमाडौं। पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले कोभिड-१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताएका छन्।गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा हिजो डा. खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताए।

">