काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वशिक्षामन्त्री डा. गंगालाल तुलाधारले कोभिड-१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसकेको टिप्पणी गरेका छन्।
"सरकार होपलेस देखियो। पूर्वतयारी र न्यूनीकरणको कामै भएन। सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो," गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा उनले भने।
‘महामारी र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी र न्यूनीकरण’ सत्रमा विपद् व्यवस्थापन विज्ञ तुलाधारले विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा अधिकार भए पनि समन्वय नै हुन नसक्दा कोभिड-१९ का कारण ६०० जनाको ज्यान गएको र संक्रमितको संख्या एक लाख नाघेको बताए।
सरकारले गठन गरेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) प्रति शुरूदेखि नै असन्तुष्ट रहेका तुलाधारले संविधानले कल्पना गरेको संरचनालाई बेवास्ता गरी सीसीएमसी बनाइँदा अहिले यो अवस्था देखिएको आरोप लगाए।
‘विपद् र महामारी नियन्त्रणका लागि तीनवटै सरकारका भूमिकाबारे संविधानमै स्पष्ट छ। जिम्मेवार नेतालाई थाहा छ। तर हामी इमान्दार छैनौं,’ उनले भने।
तुलाधारले एनआरएनएलाई पनि विपद् तथा महामारीसँग जुध्न स्थायी प्रकृतिको संरचना बनाउन आग्रह गरे।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले काठमाडौंमा आईसीयू बेड पाउने अवस्था नरहेकोतर्फ औंल्याउँदै भने, "अब काठमाडौंमा कोभिड, ननकोभिड कसैले पनि आईसीयू बेड पाउनेवाला छैनन्। जाडो आउँदैछ, शितलहर, भोकमरीको सामना गर्नुपर्ने अवस्था छ।’
पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको टिप्पणी गरिन्। लकडाउन र त्यस पश्चातका दुई महीनामा कोभिड-१९ विरुद्ध तयारीका काम हुन नसकेको उनको भनाइ थियो।
एनआरएनए, स्वास्थ्य समिति संयोजक डा सन्जीव सापकोटाले पूर्वतयारीबिना महामारी नियन्त्रणको काम गर्न नसकिने बताए।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वशिक्षामन्त्री डा. गंगालाल तुलाधारले कोभिड-१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसकेको टिप्पणी गरेका छन्।"सरकार होपलेस देखियो। पूर्वतयारी र न्यूनीकरणको कामै भएन। सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो," गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा उनले भने।

">