काठमाडौं। नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड-१९ का सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय गरेको छ।
डा गोविन्द केसीको सत्याग्रह भोलिसम्म पनि अन्त्य नभए योभन्दा पनि कडा कदम थाल्ने संघले चेतावनी दिएको छ।
अनशनमा बसेको २७ औं दिन वितिसक्दा पनि डा गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको भन्दै संघले आपत्ति पनि जनाएको छ। केसीको माग पूरा गर्ने सन्दर्भमा सरकारले गरिरहेको वार्ता र सम्वाद औपचारिकतामा मात्र सीमित गरिएको पनि संघले आरोप लगाएको छ।
आफ्नो आन्दोलनका कारण हुनसक्ने जुनसुकै परिस्थितिको जिम्मेवार सरकार हुने पनि संघका महासचिव डा बद्री रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौं। नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड-१९ का सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय गरेको छ।डा गोविन्द केसीको सत्याग्रह भोलिसम्म पनि अन्त्य नभए योभन्दा पनि कडा कदम थाल्ने संघले चेतावनी दिएको छ।

">