काठमाडौँ। बागमती प्रदेशका सांसद तथा प्रदेश सभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिका सदस्य भिमसेन खत्रीले प्रदेश सरकारको आगामी पाठ्यक्रममा उमेर सुहाउँदो बृहत् यौनिकता शिक्षालाई समावेश गर्ने बताएका छन्।
नेपाल युवा संस्था सञ्जाल (आयोन)ले आयोजना गरेको बागमती प्रदेशमा पाठ्यक्रममा बृहत् यौनिीता शिक्षा विषयक अनलाइन छलफल कार्यक्रममा प्रदेश सांसद् खत्रीले सो कुरा बताएका हुन्।
सांसद खत्रीले जन्मदेखि मृत्युसम्मका हरेक समयमा बृहत् यौनिकता शिक्षाका कुरा एकआपसमा जोडिने भएकाले यो विषय आवश्यक रहेको बताएका छन्। संघीय सरकारले तयार गरेको पाठ्यक्रममा कक्षा ९ र १० मा स्वास्थ्य तथा जनसङ्ख्या विषयलाई अनिवार्य विषयबाट ऐच्छिक विषय बनाएकोमा आफू खुसी नरहेको उनले बताए।
हरेक मानिसको दैनिक जीवनमा एकआपसमा आइपर्ने शिक्षा र स्वास्थ्यको विषयलाई अझ फराकिलो बनाउनुपर्नेमा झन् ऐच्छिक बनाइएकाले पछि समाजमा स्वास्थ्यमा ठूलो समस्या सृजना हुनसक्ने उनको राय छ।
प्रदेश सरकारले बृहत् यौनिकता शिक्षालाई पाठ्यक्रममा समावेश गर्न विभिन्न छलफल गरिरहेको र आगामी दिनमा प्रदेश भित्रका ११९ पालिकाका विद्यालयमा पठनपाठन गरिने उनले कार्यक्रममा बताए।
यस्तै, कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिनाकुमारी लामाले उपमहानगरपालिकाले औपचारिक कार्यक्रमसँगै अनौपचारिक रूपमा बृहत् यौनिकता शिक्षाका कार्यक्रमलाई अगाडि बढाएको बताइन्। उनले विद्यालय तहमा पाठ्यक्रममार्फत् र विद्यालयबाहिर स्वास्थ्य संस्थाहरूमार्फत् यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजनसमेत गरिएको बताइन्।
कार्यक्रमका सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका उपसचिव खुविराम अधिकारीले शिक्षा ऐनले प्रदेश सरकारलाई ऐच्छिक विषयको मात्र पाठ्यक्रम बनाउने अनुमति दिएकाले प्रदेश सरकारले अब बनाउने पाठ्यक्रममा विश्वस्तरीय प्रचलनका आधारमा कक्षागत रूपमा बृहत् यौनिकता शिक्षाललाई समावेश गरिने बताएका छन्।
हाम्रो समाजमा बृहत् यौनिकता शिक्षाप्रतिको दृष्टिकोणसमेत खराब रहेको बताउँदै उनले शिक्षा निर्देशनालयले शिक्षकहरूलाई विभिन्न तालिम तथा छलफलका माध्यमबाट यस्ता खराब दृष्टिकोणलाई समाजबाट हटाउन लागिपर्ने बताए।
कार्यक्रममा नेपाल युवा संस्था सञ्जालकी कार्यक्रम व्यवस्थापक सुस्मिता श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै अहिलेको पाठ्यक्रममा बृहत् यौनिकता शिक्षासम्बन्धी विषयवस्तुको अभाव रहेको कुरा उल्लेख गरिन्। उनले बृहत् यौनिकता शिक्षा यौन शिक्षा मात्र नभई समग्र स्वास्थ्यसँग जोडिएकाले हरेक उमेरका व्यक्तिलाई यो आवश्यक रहेकोमा जोड दिइन्।
कार्यक्रममा बागमती प्रदेशका करिब ३० जना युवाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन उक्त संस्थाका कार्यसमिति सदस्य खिमानन्द देवकोटाले गरेका थिए।
" /> काठमाडौँ। बागमती प्रदेशका सांसद तथा प्रदेश सभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिका सदस्य भिमसेन खत्रीले प्रदेश सरकारको आगामी पाठ्यक्रममा उमेर सुहाउँदो बृहत् यौनिकता शिक्षालाई समावेश गर्ने बताएका छन्।नेपाल युवा संस्था सञ्जाल (आयोन)ले आयोजना गरेको बागमती प्रदेशमा पाठ्यक्रममा बृहत् यौनिीता शिक्षा विषयक अनलाइन छलफल कार्यक्रममा प्रदेश सांसद् खत्रीले सो कुरा बताएका हुन्।

">