काठमाडौं। अफगानिस्तानको सरकारी वार्ता टोलीका संयोजकले अफगानिस्तानको सरकारले तालिबानीसँगको वार्ताको सफलताका लागि सक्दो प्रयास गरेको बताएका छन्।
संयोजक मोहम्मद मसुन स्टानेक्जीले अफगानिस्तानको सरकारले शान्ति वार्ताका लागि अपनाएको धैर्यता प्रशंसनीय छ भनेका छन्। उनले अफगानिस्तानमा विगत लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले नै सरकारले वार्ताको प्रक्रिया थालेको बताए।
उनले ट्वीट गर्दै भनेका छन्, 'अफगानिस्तानको सरकारले शान्ति वार्ताका माध्यमबाट अफगानिस्तानमा दिगो शान्ति स्थापना गर्न चाहन्छ र यो प्रतिबद्धताका साथ सरकार लागेको छ।'
अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबानी समूहसँगको वार्ता टोली शान्ति वार्ताका लागि अहिले पनि कतारको दोहामा छन्।
अफगानिस्तानमा जारी करिब दुई दशक लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले अमेरिकी मध्यस्थतामा तालिबान समूहसँग अफगानिस्तान सरकारले वार्ता थालेको हो। रासस/एएनआई
" /> काठमाडौं। अफगानिस्तानको सरकारी वार्ता टोलीका संयोजकले अफगानिस्तानको सरकारले तालिबानीसँगको वार्ताको सफलताका लागि सक्दो प्रयास गरेको बताएका छन्।संयोजक मोहम्मद मसुन स्टानेक्जीले अफगानिस्तानको सरकारले शान्ति वार्ताका लागि अपनाएको धैर्यता प्रशंसनीय छ भनेका छन्। उनले अफगानिस्तानमा विगत लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले नै सरकारले वार्ताको प्रक्रिया थालेको बताए।

">