काठमाडौं । रोविना मन्सुरी र जुनैद कवारीबीच केही वर्षयता प्रेम सम्बन्ध थियो। रौतहटको दुर्गा भगवती गाउँपालिका-४ छतौना टोलवासी उनीहरूको उमेर चाहिँ १७ र १८ वर्ष हो।
आपसी मन परापरको स्थितिले उनीहरूमा प्रेम फुल्दै थियो। विडम्बना ! अहिले उनीहरूको प्रेमिल यात्रामा ‘ब्रेक’ लागेको छ। सँगै जीउने, सँगै पर्ने सपना अधुरै भएको छ।
रोविना बुधबार जुनैदकै घरमा मृत भेटिएकी छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान टोलीले अहिले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) भरत श्रेष्ठ जुनैदलाई फसाउने गरी उनको घरमा लगेर रोविनाको शव राखेको खुल्न आएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताउँछन्। तर, मृत्यु कसरी भयो भन्ने बारे चाहिँ खुलिनसकेको उनले बताए।
“रोविनाको शवलाई जुनैदको घरमा पुर्याएको देखियो, जतिबेला उनी र उनको भाउजू जहिना काममा गएका रहेछन्। उनको मृत्यु जुनैदको घरमा भएको होइन रहेछ”, डीएसपी श्रेष्ठले देखापढीसँग भने, “जुनैदलाई फसाउने प्रयास भएको देखिन्छ।”
उनका अनुसार काकाहरू फूल महम्मद मन्सुरी, नसरुद्धिन मन्सुरी, मामा लाल महम्मद र काकी (फूल महम्मदकी श्रीमती) सहनाज मन्सुरीले रोविनाको शव बोकेर जुनैदको घरमा लगेको पाइएको छ।
“बुधबार दिउँसो ४ बजेतिर रोविनाको शव लगेका रहेछन्, र लाँदै गर्दा जुनैदको भाउजू जहिना खातुन, स्थानीयहरू सबरे आलम, उनकी श्रीमती हुस्नतारा खातुन, शशीकला खातुन र जाबेद खातुनकी श्रीमती जहिना खातुनले शव लाँदै गरेको देखेछन्”, डीएसपी श्रेष्ठले भने, “उनीहरूले शव लानेहरूलाई रोक्ने प्रयास गरेछन् तर, उल्टै हातपात गरेछन्।”
आफ्नो घरमा रोविनाको शव राखेपछि जहिनाले सोही दिन साँझ ६ बजेतिर खबर गरेको प्रहरीले जनाएको छ। खबर प्राप्तपछि जुनैदको घर पुगेको प्रहरी टोलीले रोविनाको शवलाई पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज पठाएको छ।
शव लानेमध्येका काका फूल महम्मद र काकी सहनाज मन्सुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अरु दुईजना भने फरार छन्। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
रोविनाको घाँटीमा चोट देखिएको छ। एकातिर चोट देखिनु र अर्कोतिर शव बोकेर आफन्तले नै जुनैदको घरमा लगि राखिनुलाई उनको हत्या भएको प्रहरीले बताएको छ।
रोविनाको मृत्यु जुनैदसँगको प्रेम सम्बन्ध कारक रहेको निष्कर्ष प्रहरीले निकालेको छ।
दुवैतर्फको परिवारलाई उनीहरूको प्रेम सम्बन्ध अस्वीकार्य रहेको देखिएको र प्रेम छुटाउन बारम्बार चेतावनी दिँदै आएको डीएसपी श्रेष्ठले बताए।
उनले भने, “चेतावनीपछि पनि उनीहरूको प्रेम सम्बन्ध निरन्तर रहेछ, जो दुवैतर्फका परिवारलाई भने अस्वीकार्य थियो र बेलाबखत झगडा पनि हुने गरेको खुलेको छ।” डीएसपी श्रेष्ठले बताए।
" /> काठमाडौं । रोविना मन्सुरी र जुनैद कवारीबीच केही वर्षयता प्रेम सम्बन्ध थियो। रौतहटको दुर्गा भगवती गाउँपालिका-४ छतौना टोलवासी उनीहरूको उमेर चाहिँ १७ र १८ वर्ष हो।रोविना बुधबार जुनैदकै घरमा मृत भेटिएकी छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान टोलीले अहिले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

">