टोकियो। गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय कमिटीले कान्तो रनिङ कप २०२० आयोजनाको तयारी गरेको छ।
आउँदो नोभेम्बर २९ तारिख जापानको टोकियो नजिकको सहर साइतामामा हुने प्रतियोगितामा प्रथम एनआरएनए कान्तो फुटस्टल रनिङ कप २०२० मा प्रथम हुने टोलीलाई पाँच लाख येनसहित कप र रनिङ सिल्ड दिने आयोजकले जनाएको छ।
त्यसैगरी दोस्रो हुने टिमलाई दुई लाख र कप तथा अन्य विभिन्न विधामा पुरस्कार दिइने कार्यक्रम संयोजक तथा एनआरएनए कान्तोका सहसचिव मनोज श्रेष्ठले जानकारी दिए। खेललाई नेपाल फुटबल सङ्घ जापान र गैरआवासीय नेपाली संघ जापानले सहयोग गर्ने भएका छन्। जापानभरिको खेलप्रेमीलाई समेटेर प्रथम एनआरएनए कान्तो फुटस्टल रनिङ कप २०२० हुन लागेकाले झण्डै ३० टिमहरूको सहभागिता हुने विश्वास राखेको छ।
उक्त प्रतियोगितामा सहभागी हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ। एनआरएनए कान्तोका कोषाध्यक्ष सागर कार्कीले यसअघि गत मार्च २९ तारिख गर्ने भनिएको उक्त खेल कोरोनाको महामारीले स्थगन भएको जनाउँदै खेल दर्ता खुला भएको जनाए। रासस
" /> टोकियो। गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय कमिटीले कान्तो रनिङ कप २०२० आयोजनाको तयारी गरेको छ।आउँदो नोभेम्बर २९ तारिख जापानको टोकियो नजिकको सहर साइतामामा हुने प्रतियोगितामा प्रथम एनआरएनए कान्तो फुटस्टल रनिङ कप २०२० मा प्रथम हुने टोलीलाई पाँच लाख येनसहित कप र रनिङ सिल्ड दिने आयोजकले जनाएको छ।

">