काठमाडौं। अजरबैजान र आर्मेनिया नागोरनो-काराबाखमा संघर्ष विराम गर्न सहमत भएका छन्। शनिबार दिउँसोदेखि संघर्षविराम लागू गर्न दुई देश तयार भएका हुन्। दुवै देशका विदेशमन्त्रीले वक्तव्य जारी गर्दै संघर्षविरामको उद्देश्य कैदी आदानप्रदान गर्नु र मृतकको शव व्यवस्थापन गर्नु रहेको बताएका छन्। अन्य कुरामा सहमति पछि गरिने पनि उल्लेख छ।
अजरबैजान र आर्मेनियाका विदेशमन्त्रीबीचको वार्ता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आह्वानमा भएको हो। संघर्षविरामको घोषणाअघि रूसी विदेशमन्त्री सेर्गेई लाभारोभको रेखदेखमा दुई देशका विदेशमन्त्रीले करिब १० घण्टा कुरा गरेका थिए। वार्ताले संघर्षविरामका लागि मार्ग प्रशस्त गर्ने लाभारोभको विश्वास छ।
नागोरनो-काराबाख क्षेत्रमा सेप्टेम्बर २७ देखि दुई देशबीच संघर्ष सुरू भएको थियो। यो क्षेत्रमा अजरबैजानको अधिकार भए पनि आर्मेनियाको नियन्त्रण रहँदै आएको छ। यसलाई १९९४ मा अन्त्य भएको दुई देशबीचको युद्धपछि पुनः सुरू भएको संघर्षको गम्भीर घटना मानिन्छ।
संघर्षमा सयौं मानिसको ज्यान जानुका साथै अन्य कयौं घाइते भइसकेका छन्। अजरबैजान र आर्मेनिया युद्धले प्रभावित क्षेत्रका स्थानीय पलायनको क्रम अद्यापि जारी छ। एजेन्सी
" /> काठमाडौं। अजरबैजान र आर्मेनिया नागोरनो-काराबाखमा संघर्ष विराम गर्न सहमत भएका छन्। शनिबार दिउँसोदेखि संघर्षविराम लागू गर्न दुई देश तयार भएका हुन्। दुवै देशका विदेशमन्त्रीले वक्तव्य जारी गर्दै संघर्षविरामको उद्देश्य कैदी आदानप्रदान गर्नु र मृतकको शव व्यवस्थापन गर्नु रहेको बताएका छन्। अन्य कुरामा सहमति पछि गरिने पनि उल्लेख छ।अजरबैजान र आर्मेनियाका विदेशमन्त्रीबीचको वार्ता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आह्वानमा भएको हो। संघर्षविरामको घोषणाअघि रूसी विदेशमन्त्री सेर्गेई लाभारोभको रेखदेखमा दुई देशका विदेशमन्त्रीले करिब १० घण्टा कुरा गरेका थिए। वार्ताले संघर्षविरामका लागि मार्ग प्रशस्त गर्ने लाभारोभको विश्वास छ।

">