काठमाडौं । गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो ज्ञान सम्मेलनको अवसरमा ‘भौतिक पूर्वाधार निर्माण’ विषयक छलफल कार्यक्रमका वक्ताहरुले व्यवस्थितरूपमा निर्माणमा जोड दिएका छन्।
व्यवस्थित पूर्वाधार निर्माण अहिलेको आवश्यकता भएको भन्दै उनीहरूले सरकारले योजना बनाएर शहरीकरण गर्न सके भविष्यमा समस्या नआउने बताए।
नेपालमा पूर्वाधारमा लगानी विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पूर्वाधार क्षेत्रमा लगानी गर्न आतुर रहेको बताए।
६० प्रतिशत सरकारको लगानी ३० प्रतिशत निजी क्षेत्रले पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएका छन्। यातयाता, ऊर्जा, कृषि, पर्यटन, विशेष आर्थिक क्षेत्र (सेज), शहरी पूर्वाधारलगायत क्षेत्रमा लगानीको अवसर रहेको उनले बताए।
हाइड्रो, टुरिजम होटल र सीमेन्ट उद्योगमा पूर्वाधार निर्माण क्रम बढेको भए पनि पब्लिक प्राइभेट पार्टनरसीपमा लगानी पर्याप्त मात्रामा हुन नसकेको उनले औंल्याएका छन्।
प्रोफेसर डां संगिता सिंहले भूकम्पपछि पुर्ननिर्माण कार्यमा योजना बनाएर शहर निर्माण भने हुन नसकेको टिप्पणी गरिन्। पूर्वाधार निर्माणमा योजना बनाएर अघि बढ्न सके पछि समस्या नआउने र व्यवस्थित शहर बन्ने उनको भनाइ थियो।
कार्यक्रममा विदेशी लगानी आउन नसक्नुको कारण खोज्नुपर्ने र आर्जन गरेको सीप र ज्ञान ट्रान्सफर गर्न मेकानिजम बनाउन आवश्यक भउकोमा जोड दिइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गरी विकासशील बनाउन पूर्वाधारले महत्वपूर्ण योगदान दिने बताए।
स्थायी सरकार बनेसँगै देश निर्माणको क्रममा अघि बढेको नेम्वाङको भनाइ छ। "नयाँ संरचना निर्माण गर्दा त्यसतर्फ ध्यान दिएका छौं’ उनले भने। सुरक्षित नागरिक आवाज, जनता आवास, पुर्ननिर्माण क्षेत्रमा सरकारले ध्यान दिएको नेम्वाङले जानकारी दिएका छन्।
हिमाली भेगमा पनि हावापानी सुहाउँदो शहर बनाउने गरी ५ वटा ठाउँमा व्यवस्थित गरी अघि बढेको बताउँदै उनले भारतको सिमाना जोडिएका ३० वटा नगरलाई व्यवस्थित शहर बनाउन लागिएको र १५८ वटा नयाँ शहरमा राम्रो नगर बनाउन लागिएको जानकारी दिएका छन्।
" /> काठमाडौं । गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो ज्ञान सम्मेलनको अवसरमा ‘भौतिक पूर्वाधार निर्माण’ विषयक छलफल कार्यक्रमका वक्ताहरुले व्यवस्थितरूपमा निर्माणमा जोड दिएका छन्।व्यवस्थित पूर्वाधार निर्माण अहिलेको आवश्यकता भएको भन्दै उनीहरूले सरकारले योजना बनाएर शहरीकरण गर्न सके भविष्यमा समस्या नआउने बताए।

">