काठमाडौं । इनोभेसन र स्टार्टअपमा राज्यको प्राथमिकता जानुपर्ने एनआरएनए दोस्रो ज्ञान सम्मेलनका वक्ताहरूले बताएका छन्।
गैरआवासीय नेपाली संघले आयोजना गरेको सम्मेलनका क्रममा इनोभेसन र स्टार्टअप विषयक छलफलका क्रममा वक्ताहरूले नेपालमा इनोभेसन आवश्यक भएको बताएका थिए। त्यसका लागि सरकार लचिलो भएर अघि बढ्नुपर्ने र व्यवसायका लागि स्टार्टअपमा ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिए।
कार्यक्रममा विभिन्न देशमा कार्यरत नेपाली तथा विदेशीहरुले आफ्ना अनुभव सुनाए। प्रविधिको आत्मसात गर्न सके मात्रै देशले फड्को मार्न सक्ने उनीहरूले बताएका छन्।
प्रोफेसर एन्ड्र पार्डोले कार्यपत्र प्रस्तुत गर्दै अष्ट्रेलियाको आफ्नो अनुभव सुनाएका थिए।
त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. रामेश्वर अधिकारी, हरि पाण्डे, डा आरपी त्रिपाठी, डा रोन चाटलर, डा भिमप्रसाद काफ्ले, समी कार्की, किसुन घेलानलगायतले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरे।
" /> काठमाडौं । इनोभेसन र स्टार्टअपमा राज्यको प्राथमिकता जानुपर्ने एनआरएनए दोस्रो ज्ञान सम्मेलनका वक्ताहरूले बताएका छन्।गैरआवासीय नेपाली संघले आयोजना गरेको सम्मेलनका क्रममा इनोभेसन र स्टार्टअप विषयक छलफलका क्रममा वक्ताहरूले नेपालमा इनोभेसन आवश्यक भएको बताएका थिए। त्यसका लागि सरकार लचिलो भएर अघि बढ्नुपर्ने र व्यवसायका लागि स्टार्टअपमा ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिए।

">