काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनमा कोरोना महामारी रोकथाम तथा उपचारका लागि गैरआवासीय नेपाली चिकित्सकहरूले नेपाल फर्केर सहकार्य गर्न तयार रहेको बताएका छन्।
भर्चुअलरूपमा गरिएको सो सम्मेलनमा पूर्व स्वास्थ्य तथा कानूनमन्त्री उपेन्द्र यादवले राज्यले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि केन्द्र, प्रदेश, स्थानीय सरकारको समन्वयकारी भूमिका बनाउनुका साथै एनआरएनए लगायत विभिन्न अन्तराष्ट्रिय निकायसँग सहकार्य आवश्यक रहेको बताए।
‘पब्लिक हेल्थ एण्ड पेन्डामिक मिटिगेसन’ विषयक कार्यक्रममा बोल्दै पूर्वमन्त्री यादवले एनआरएनएलगायका निकायहरुसँग सहकार्य गरे गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सकिनेमा जोड दिए।
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्वास्थ्यसँगै रोजगारी क्षेत्रमा पनि कोरोना महामारीका कारण निकै ठूलो असर परेको बताइन्।
"खाडी क्षेत्रसहित समग्र विश्वको श्रम बजारमा कोरोनाको प्रभाव रहेको छ। खाडीमा मात्रै १० प्रतिशतले रोजगारी गुमाउने अनुमान छ," उनले भनिन्।
स्वास्थ्य विभागका निर्देशक डा. दिपेन्द्ररमण सिंहले नेपालमा कोरोना संक्रमणले जटिल रूप लिँदै गएको बताए। ५० प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा रहेको उनले जानकारी दिए।
कोरोनासँग जुध्न निकै चुनौतीपूर्ण अवस्था रहेकाले सहयोगका लागि उनले एनआरएनएलाई आग्रह गरेका छन्। विदेशमा कोरोना नियन्त्रणका अनुभव तथा प्रविधिहरू नेपालमा कार्यरत स्वास्थ्यकर्मीहरूसँग साटेर विदेशमा रहेका स्वास्थ्यकर्मीहरुले सहयोग गर्नुपर्नेमा उनको जोड थियो।
एनआरएनएअन्तर्गत स्वास्थ्य समितिका अध्यक्ष डा. संजिव सापकोटाले महामारीविरुद्ध अझ धेरै संघर्ष आवश्यक रहेकाले सबैजना हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
" /> काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनमा कोरोना महामारी रोकथाम तथा उपचारका लागि गैरआवासीय नेपाली चिकित्सकहरूले नेपाल फर्केर सहकार्य गर्न तयार रहेको बताएका छन्।भर्चुअलरूपमा गरिएको सो सम्मेलनमा पूर्व स्वास्थ्य तथा कानूनमन्त्री उपेन्द्र यादवले राज्यले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि केन्द्र, प्रदेश, स्थानीय सरकारको समन्वयकारी भूमिका बनाउनुका साथै एनआरएनए लगायत विभिन्न अन्तराष्ट्रिय निकायसँग सहकार्य आवश्यक रहेको बताए।

">