काठमाडौं। यही असोज १७ गते भक्तपुर नगरपालिका–८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले भद्रपुरबाट पक्राउ गरी ल्याएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले आज पत्रकार सम्मेलन गरी बलात्कार आरोपी तीन जनालाई सार्वजनिक गरेको छ।
किशोरीलाई बेहोस बनाएर रातभरि पटक–पटक बलात्कार गरेको अभियोगमा फरार रहेका झापाको भद्रपुरका २२ वर्षीय दिपेश राईलाई भक्तपुर प्रहरी र अपराध अनुसन्धान महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा पक्राउ गरी यहाँ ल्याएर अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन्।
रत्नपार्कबाट किशोरीलाई पानीमा बेहोस हुने औषधि खुवाएर भक्तपुर पुर्याएर आफूले पटक–पटक बलात्कार गरी अन्य दुई जनालाई किशोरी बलात्कार गर्न दिई फरार भएका राईलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले सिन्धुपाल्चोक घर भएका २२ वर्षीय निरकुमार खड्का र सोही ठाउँका सुर्य श्रेष्ठलाई पक्राउ गरेर किशोरीको बसबाट उद्दार गरेको थियो।
" /> काठमाडौं। यही असोज १७ गते भक्तपुर नगरपालिका–८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले भद्रपुरबाट पक्राउ गरी ल्याएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले आज पत्रकार सम्मेलन गरी बलात्कार आरोपी तीन जनालाई सार्वजनिक गरेको छ।किशोरीलाई बेहोस बनाएर रातभरि पटक–पटक बलात्कार गरेको अभियोगमा फरार रहेका झापाको भद्रपुरका २२ वर्षीय दिपेश राईलाई भक्तपुर प्रहरी र अपराध अनुसन्धान महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा पक्राउ गरी यहाँ ल्याएर अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन्।

">