जिप खसेर दुर्घटना हुँदा १० जना घाइते
<p>बैतडी। पञ्चेश्वर गाउँपालिका–४ आमचौरास्थित सडकमा से १ ज ८८८ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार पञ्चेश्वर गाउँपालिका–४ बस्ने ४५ वर्षीय बलबीर सार्कीसमेत १० जना घाइते भएका छन्। </p>
<p>घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि डडेल्धुरातर्फ पठाइएको छ। जिपका चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
