तनहुँ। यहाँको कारागारका कैदीबन्दी चिसो भुइँमा सुत्न बाध्य भएका छन्।

नयाँ भवन निर्माण भए पनि खाटको व्यवस्था नहुँदा कैदीबन्दी सिमेन्टको चिसो भुइँमा सुत्न बाध्य छन्। क्षमताभन्दा धेरै हुँदा उनीहरू कोचिएर सुत्नुपरेको मात्रै छैन, खाट नहुँदा भुइँमा सुत्नुपरेको हो। खाटको लागि बजेट नहुँदा कैदीबन्दी भुइँमा सुताउनुपरेको कारागार प्रशासनले जनाएको छ।

“रकमको व्यवस्था नहुँदा खाट बनाउन सकिएको छैन, खाटमा कहिले सुत्न पाइन्छ भनेर प्रश्न गरिरहन्छन्”, कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले भने।

कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा पुरुष कैदीबन्दी भुइँमा सुतेका हुन्। सुत्नका लागि गर्मी महीनामा म्याट ओच्छ्याएर काम चलाइएको भए पनि अब जाडो महीना शुरु हुन लागेको चिसोले बिरामी परिने डर भएको चौकीदार तेजकुमार श्रेष्ठले बताए।

कैदीबन्दी धेरै हुँदा व्यवस्थापन गर्न कठिन भएपछि नवनिर्मित महिला बन्दीगृहमा पुरुष राखिएको हो। महिला कैदीबन्दीलाई पोखरालगायत अन्यत्र लानुपर्ने बाध्यताको अन्त्य गर्न तनहुँ कारागार परिसरभित्र महिला बन्दीगृह निर्माण गरिएको थियो।

२५ जना क्षमताको उक्त कारागारमा हाल १३२ कैदी र ६४ थुनुवा गरी १९६ कैदीबन्दी छन्। पुरानो कारागार भवनलाई ब्लक ए र नयाँ भवनलाई ब्लक बी गरी नामाकरण गरिएको छ।

पुरानो भवनमा १०७ र अन्यलाई नयाँ भवनमा स्थानान्तरण गरिएको छ। कारागार परिसरमा निर्माण गरिएको कार्यालय भवन, सुरक्षा व्यारेक र बन्दीगृह गरी तीनवटा भवन रु छ करोड ४४ लाखको लागतमा नयाँ भवन निर्माण गरिएको हो। रासस

" /> तनहुँ। यहाँको कारागारका कैदीबन्दी चिसो भुइँमा सुत्न बाध्य भएका छन्।

"> तनहुँ कारागार : भवन बन्यो कैदीबन्दीलाई सुत्न भने समस्या : Dekhapadhi
तनहुँ कारागार : भवन बन्यो कैदीबन्दीलाई सुत्न भने समस्या

प्रतिक्रिया दिनुहोस्