काठमाडौं। लिबियामा सातजना भारतीय नागरिक अपहरणमा परेका छन्। उनीहरू भारतका आन्ध्र प्रदेश, गुजरात, बिहार तथा उत्तर प्रदेशका हुन्। लिबियामा निर्माण कार्य तथा तेल वितरण कम्पनीमा उनीहरू कार्यरत थिए।
सबैजना सेप्टेम्बर १४ का दिन अश्वेरिफ नामको क्षेत्रमा अपहरित भएका थिए। उनीहरू भारत फर्कने क्रममा जहाज चढ्न त्रिपोली विमानस्थलतर्फ जाँदै गर्दा बाटैमा अपहरणमा परेका थिए।
२०१५ सेप्टेम्बरमै भारतले एड्भाइजरी जारी गर्दै सुरक्षाका कारण लिबिया नजान आफ्ना नागरिकलाई सूचित गरेको थियो। त्यसपछि २०१६ मे महीनामा सरकारले लिबियाको अवस्था थप खराब भएपछि त्यता जान प्रतिबन्ध नै लगाएको थियो। प्रतिबन्ध अहिले पनि कायम छ।
भारतीय विदेश मन्त्रालयले घटनाबारे बुझ्न ट्युनिसियास्थित दूतावासलाई आदेश दिएको छ। दूतावासले लिबिया सरकारसँग कुरा गरेको छ।
अपहरणविरुद्ध काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि भारत सरकारले आफ्ना नागरिक मुक्त गर्ने कार्यमा मद्दत गर्न अनुरोध गरिसकेको छ।
मन्त्रालय भन्छ, ‘‘सरकारले सबै सातजनाको परिवारसँग सम्पर्क गरेको छ। हामी उनीहरूलाई के विश्वस्त तुल्याउन चाहन्छौं भने सातै जनालाई सकुशल मुक्त गर्न हरसम्भव प्रयास गरिने छ।’’
लिबिया सरकारले पनि भारतीय नागरिक काम गर्ने संस्थाको मद्दतमा अपहरण गरेर लगिएको स्थान पत्ता लगाउने र तिनलाई मुक्त गर्न मद्दत गर्ने वचन दिएको विदेश मन्त्रालयले बताएको छ।
(बीबीसी)
" /> काठमाडौं। लिबियामा सातजना भारतीय नागरिक अपहरणमा परेका छन्। उनीहरू भारतका आन्ध्र प्रदेश, गुजरात, बिहार तथा उत्तर प्रदेशका हुन्। लिबियामा निर्माण कार्य तथा तेल वितरण कम्पनीमा उनीहरू कार्यरत थिए।सबैजना सेप्टेम्बर १४ का दिन अश्वेरिफ नामको क्षेत्रमा अपहरित भएका थिए। उनीहरू भारत फर्कने क्रममा जहाज चढ्न त्रिपोली विमानस्थलतर्फ जाँदै गर्दा बाटैमा अपहरणमा परेका थिए।

">