भोजपुर। विभिन्न कारणले पीडा तथा जोखिममा परेका पीडितहरूलाई तत्काल संरक्षण प्रदान गर्न भोजपुरमा सुरक्षित आवास गृह (सेफ हाउस) निर्माण गरिएको छ।
१७ वर्षदेखि सामाजिक परिचालन तथा महिला, बालबालिका र अपांगता भएका व्यक्तिहरूको सशक्तिकरणमा काम गर्दै आएको विकास र सचेतनाका लागि सामाजिक संस्था (सोडा) भोजपुरले सेफ हाउस भवन निर्माण गरेको हो।
घरेलु हिंसा, यौन हिंसा, बलात्कार, जोखिम तथा अलपत्र परेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई तत्काल संरक्षण गर्न आफ्नै भवन बनाइएको सोडाका अध्यक्ष नविन प्रधानले बताए।
पीडितहरूलाई केही दिन त्यहाँ राखेर स्थानीय तह, प्रहरी/प्रशासनसँगको सहजीकरणमा समाजमा पुन:स्थापना गरिँदै आएको उनले जानकारी दिए।
भवन निर्माणको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गत वर्ष ३० लाख विनियोजन गरेको थियो। भोजपुर नगरपालिका-७ मा एक तलाको चार कोठे भवन बनाइएको छ।
यस वर्ष पनि मन्त्रालयले थप ३० लाख छुट्याएको छ। यो रकमबाट भवनलाई पूर्णता दिने र आवश्यक सामग्री खरिद गरिने संस्थाले जनाएको छ। सञ्चालन खर्च अपुग हुँदा संरक्षणमा राखिएकाहरूको खानपान र हेरालुको खर्चमा समस्या भएको कार्यक्रम संयोजक शम्भु राई बताउँछन्।
आफ्नै भवनबाट केही दिनमै सेवा शुरू गरिने तयारी गरिएको छ।
" /> भोजपुर। विभिन्न कारणले पीडा तथा जोखिममा परेका पीडितहरूलाई तत्काल संरक्षण प्रदान गर्न भोजपुरमा सुरक्षित आवास गृह (सेफ हाउस) निर्माण गरिएको छ।१७ वर्षदेखि सामाजिक परिचालन तथा महिला, बालबालिका र अपांगता भएका व्यक्तिहरूको सशक्तिकरणमा काम गर्दै आएको विकास र सचेतनाका लागि सामाजिक संस्था (सोडा) भोजपुरले सेफ हाउस भवन निर्माण गरेको हो।

">