भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको निधन

काठमाडौं। भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको आज साँझ निधन भएको छ। उनी ७४ वर्षका थिए। उनका छोरा चिरागले ट्वीट गर्दै पासवानको मृत्युबारे जानकारी दिएका थिए।

उनले ट्वीटमा आफ्ना बुबासँगको तस्बिर राख्दै 'मिस यू पापा' लेखेका छन्।

पासवान मोदी नेतृत्वको सरकारमा उपभोक्ता मन्त्री थिए। उनी लामो समयदेखि बिरामी थिए।

दिल्लीस्थित एस्कर्टस् असपतालमा भर्ना गरेर उनको उपचार गरिँदै थियो।

प्रतिक्रिया दिनुहोस्