काठमाडौं। नोबेल पुरस्कार कमिटीले २०२० को साहित्यतर्फको पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई दिने घोषणा गरेको छ। उनी २७ वर्षपछि साहित्यमा नोबेल जित्ने पहिलो अमेरिकी लेखक बनेकी छन्। उनको काव्य आवाज अचुक रहेको मानिन्छ, जसले मनोहारी ढंगमा व्यक्तिगत अस्तित्वलाई सार्वभौमिक बनाउँछ।
नोबेल जित्ने उनी १६औं महिला हुन्। यसअघि १९९३ मा टोनी मरिसनले नोबेल पाएकी थिइन्। नोबेल जित्ने कवि यसअघि स्वेडेनका टोमस ट्रान्सट्रोमर थिए, उनले २०११ मा नोबेल पुरस्कार पाएका थिए।
अमेरिकी लेखकले नोबेल जित्ने सम्भावना २००८ देखि कम हुँदै गएको बताइन्छ। स्विडिस एकेडेमीका तत्कालीन सचिव होरेर एङ्डालले अमेरिकी लेखक आफ्नो सामूहिक संस्कृतिमा एकदमै संवेदनशील रहेको बताएका थिए।
‘‘अमेरिका एकदमै अलग र फरक छ। उनीहरू पर्याप्त अनुवाद गर्दैनन् र वास्तवमा साहित्यका ठूला संवादमा भाग पनि लिँदैनन्,’’ एङ्डाल भन्छन्, ‘‘त्यो नजरअन्दाजले अमेरिकीलाई रोकेको छ। निश्चित रूपमा कतिपय शक्तिशाली साहित्य बलिया संस्कृतिमा छन्। तथ्य के हो भने, अहिले पनि युरोप साहित्यको केन्द्र हो, अमेरिका होइन।’’
यो वर्ष नोबेलको राशि ८,७०,००० (१० मिलियन स्वेडिस क्रोनर) पाउन्ड पु¥याइएको छ। नोबलका संस्थापक अल्फ्रेड नोबेलको चाहनाअनुसार ‘साहित्यको क्षेत्रमा एक आदर्श दिशामा सबैभन्दा उत्कृष्ट काम’का लागि यो पुरस्कार दिइन्छ।
झण्डै तीन वर्ष साहित्यको नोबेल पुरस्कार विवादित बन्न पुग्यो। यस वर्ष स्वेडिस एकेडेमीले सुरक्षित विकल्प खोजिरहेको थियो। यसपटक क्यानडाका कवि एनी कार्सन, अमेरिकाका जमैका किनकेड, चिनियाँ उपन्यासकार यानलि यानके, रुसी उपन्यासकार ल्युडमिला उलित्सकाया, जापानका प्रख्यात लेखक हारुकी मुराकामी र अर्का प्रबल दाबेदार केन्याकान्गुगीवाथ्योंगो रहेका थिए।
" /> काठमाडौं। नोबेल पुरस्कार कमिटीले २०२० को साहित्यतर्फको पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई दिने घोषणा गरेको छ। उनी २७ वर्षपछि साहित्यमा नोबेल जित्ने पहिलो अमेरिकी लेखक बनेकी छन्। उनको काव्य आवाज अचुक रहेको मानिन्छ, जसले मनोहारी ढंगमा व्यक्तिगत अस्तित्वलाई सार्वभौमिक बनाउँछ।नोबेल जित्ने उनी १६औं महिला हुन्। यसअघि १९९३ मा टोनी मरिसनले नोबेल पाएकी थिइन्। नोबेल जित्ने कवि यसअघि स्वेडेनका टोमस ट्रान्सट्रोमर थिए, उनले २०११ मा नोबेल पुरस्कार पाएका थिए।

">