प्रतीकात्मक तस्बिर
'कैलालीमा छोरी बलात्कार गरेर बुबा फरार' <p>कैलाली। कैलालीमा ११ वर्षीया बालिका आफ्नै बुबाबाट बलात्कृत भएको प्रहरीले जनाएको छ। कैलाली प्रहरीका अनुसार ११ वर्षीया बालिका बलात्कृत भएको उजुरी दर्ता भइसकेको छ।</p> <p>कैलालीको गोदावरी नगरपालिका-११ का ४५ वर्षीय बुबाले&nbsp;शनिबार आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले पुष्टि गरेका छन्।</p> <p>बलात्कार गर्ने व्यक्ति पक्राउ परिसकेका छैनन्। शनिबार राति&nbsp;छोरीलाई&nbsp;बलात्कार गरेर फरार भएका उनको&nbsp; खोजी कार्य भइरहेको प्रहरी नायब&nbsp;उपरीक्षक बिष्टले बताए ।</p>
प्रतिक्रिया दिनुहोस्