काठमाडौं। भेनेजुएला एउटा यस्तो देश हो, जुन कुनै बेला तेलका कारण सम्पन्न थियो। तर, अहिले त्यहाँका नागरिक भोकले मर्ने अवस्थामा पुगेका छन्। देशको हालत दिनप्रतिदिन खराब हुँदै गएको छ।
महँगी यसरी बढेको छ कि, मानिसहरु बोरामा भरेर नोट बोकी बजार जान्छन् र घर फर्कंदा तिनका हातमा प्लास्टिकको झोलामा केही सामान हुन्छ! बजारभाउ अनियन्त्रित हुन पुगेको छ।
ब्लुमबर्गको एक रिपोर्टअनुसार त्यहाँको नोटको अधिक अवमूल्यनका कारण राज्यले अब ठूलो मूल्यको नोट छाप्ने योजना बनाएको छ। अब त्यहाँ एक लाख दरको बोलिभर (त्यहाँको रूपैयाँ) नोट छाप्न लागिएको छ। यसका लागि इटलीको एक फर्मबाट ७१ टन सेक्युरिटी पेपर आयात गरिएको छ। इटलीको उक्त फर्मले संसारका थुप्रै देशलाई त्यस्तो पेपर निर्यात गर्दै आएको छ।
विडम्बना त के छ भने, भेनेजुएलामा एक लाख बोलिभरले केवल आधा किलो चामल किन्न सकिन्छ। उक्त देशले लाख दरको नोट सार्वजनिक गरेपछि संसारमै सबैभन्दा ठूलाे नोट बन्ने छ। यसको अमेरिकी डलरसँग तुलना गर्दा केवल ०.२३ डलर हुन आउँछ।
यति ठूलो नोटबाट त्यहाँको बजारभाउ अनुसार दुई किलो आलु या आधा किलो चामल किन्न सकिन्छ। नागरिकलाई सहुलियत दिनका लागि ठूलो दरको नोट छाप्न लागेको भेनेजुएला सरकारले बताएको छ। आममानिसका हातमा बढी संख्यामा नगद हुने हुनाले जीवन बाँच्न सहज हुने सरकारको भनाइ छ।
सात वर्षदेखि मन्दीको चपेटामा अर्थतन्त्र
कोरोना भाइरसका कारण त्यो देशमा पनि लकडाउन गरिएको थियो। तेलबाट हुने आम्दानी पनि निकै घटेको छ। सोही कारण भेनेजुएलाले विगत सात वर्षदेखि लगातार मन्दीको मार खेपिरहेको छ। यो वर्षको अन्त्यसम्म त्यो देशको अर्थतन्त्र २० प्रतिशत संकुचित हुने अनुमान गर्न थालिएको छ।
देशमा व्याप्त भ्रष्टाचारले अर्थव्यवस्था थप खराब भएको छ। भ्रष्टाचार यतिसम्म छ कि, त्यहाँ पैदल हिँड्न पनि घुस खुवाउनु पर्छ।
भेनेजुएलाको हालत यति जर्जर हुन पुगेको छ कि, सुन बेचेर सामान खरिद गर्नु परिरहेको छ। लाखौं मानिस भोको पेट सुत्न बाध्य भएका छन्। एक रिपोर्ट अनुसार त्यहाँ करिब सात लाख मानिस दुईछाक खान नपाउने छन्।
यूएनको खाद्य कार्यक्रमले फेब्रुअरीमा भनेको थियो, त्यहाँका प्रत्येक तीनजनामा एकजनासँग खानका लागि केही पनि छैन। पछिल्लो समय कोरोना संक्रमणले त्यो देशको हालत थप खराब पारिदिएको छ।
देशको अत्यधिक खराब हालत र चरम भ्रष्टाचारका कारण २०१३ देखि हालसम्म लगभग ३० लाख नागरिकले देश भेनेजुएला छाडिसकेका छन्। उनीहरु छिमेकी ब्राजिल, कम्बोडिया, इक्वेडोर र पेरुसमा शरण लिन पुगेका छन्।
एकातिर त्यो मुलुकको हालत यति नाजुक छ, अर्कोतिर त्यहाँ को राष्ट्रपति छ भन्ने कुरा दुनियाँलाई थाहा छैन। २०१९ को पूर्वार्द्धमा त्यहाँ राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक गरिएको थियो। नतिजामा पहिलादेखि नै सत्तामा रहेका निकोलास मादुरोले जितेका थिए। उनले भोटमा गडबडी गरेको आरोप लागेको थियो।
कसरी भेनेजुएला टाट पल्टियो?
भेनेजुएला कुनै बेला ल्याटिन अमेरिकाको सबैभन्दा धनी देश थियो। त्यो देशमा साउदी अरबमा भन्दा बढी तेल छ। सुन र हिराको खानी पनि छ। तर अर्थव्यवस्था पूर्ण रुपमा तेलमा निर्भर थियो। सरकारको ९५ प्रतिशत आम्दानी तेलबाट हुन्थ्यो।
१९९८ मा राष्ट्रपति बनेका ह्युगो चावेजले लामो समयसम्म पदमा टिकिरहन नीति नियम परिवर्तन गरे। उद्योगहरुलाई सरकारीकरण गरे, जहाँ पैसा अभाव थियो त्यसका लागि ऋण लिँदै गए। नतिजा, मुलुक ऋणमा डुब्दै गयो। तेल कम्पनीहरुसँग पैसा लिएर आवश्यक परेका ठाउँमा खर्च गरे।
यसबाट चावेज लोकप्रिय त देखिए, तर देशको अर्थव्यवस्थामा धमिरा लाग्दै गयो। २०१३ मा तिनै चावेजले आफ्नो उत्तराधिकारीका रुपमा मादुरोलाई चुने। यिनलाई त उपहारमा ऋण नै ऋणले पुरिनै लागेको देश मिल्यो।
दुनियाँमा तेल सस्तो भइदियो, भेनेजुएलाको आम्दानी खस्कियो। मानिसहरु गरिब हुँदै जान थाले। त्यसपछि नै मादुरोले त्यहाँको पैसाको मूल्य घटाइदिए। त्यहाँका जनतता दिनप्रतिदिन कमजोर हुँदै गए। बिजुली अभाव छ। उदेकलाग्दो तथ्य त के छ भने, त्यहाँको मुद्रास्फीति दर १३००००० प्रतिशत भएको छ। (एजेन्सी)
" /> काठमाडौं। भेनेजुएला एउटा यस्तो देश हो, जुन कुनै बेला तेलका कारण सम्पन्न थियो। तर, अहिले त्यहाँका नागरिक भोकले मर्ने अवस्थामा पुगेका छन्। देशको हालत दिनप्रतिदिन खराब हुँदै गएको छ।महँगी यसरी बढेको छ कि, मानिसहरु बोरामा भरेर नोट बोकी बजार जान्छन् र घर फर्कंदा तिनका हातमा प्लास्टिकको झोलामा केही सामान हुन्छ! बजारभाउ अनियन्त्रित हुन पुगेको छ।

">