काठमाडौं। विवाह भएको नौ वर्षपछि श्रीमती गर्भवती भइन्। त्यो कुराले परिवारमा खुसीको सीमा नै रहेन। जतिजति श्रीमतीको पेट बढ्दै जान्थ्यो, परिवारको खुसी र जिम्मेवारी पनि बढ्दै गइरहेको थियो।
केही महिनापछि उनीहरूले अल्ट्रासाउण्ड गराए। अल्ट्राउण्डको रिपोर्टपछि उनी छक्क परे। रिपोर्ट देखाउँदैं डाक्टरले भने, “तपाईंको पेटमा चार वटा धड्कन छ।”
नुवाकोटको म्यागङ गाउँपालिका-६ मैवलका ३७ वर्षीय हरी तामाङ र २८ वर्षीया सोमिका तामाङ पेटमा चार वटा बच्चा छ भनेपछि एकातिर खुसी थिए भने अर्कोतिर चिन्तामा थिए।
समय घर्किंदै गयो। उनको डेलिभरी हुने मिति पनि नजिकियो। त्यसपछि उनीहरू नुवाकोटबाट काठमाडौं आए। प्रसूतिका लागि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल भर्ना भए। असोज १९ उनको अप्रेसनमार्फत बच्चा निकालियो।
त्यतिबेलासम्म उनीहरू चार वटा बच्चा छन् भन्नेमा ढुक्क थिए। तर, जब डाक्टरले चार होइन, पेटमा पाँच वटा बच्चा रहेछ, एउटा भने ‘अलरेडी डेथ’ भइसकेको भने, उनी फेरिक चकित परे। मृत फेला परेको बच्चाचाँहि छोरा रहेछ।
“पहिला नै अल्ट्रासाउण्ड गराउँदा पेटमा चार वटा बच्चा छ भन्ने त थाहा थियो। तर, अप्रेसन गर्दा पाँच वटा पो रहेछ। यो त सबै भगवानको कृपा हो।”
अहिले चार छोरी र आमाको अवस्था सामान्य छ। सोमिकाले जन्माएकी एक किलो ९०० ग्राम, एक किलो ८०० ग्राम, एक किलो ६०० ग्राम र ८०० ग्रामका गरी चार छोरीको अवस्था सामान्य छ।
सबैभन्दा कम तौल भएकी छोरीको स्वास्थ्यमा समस्या आएपछि उनलाई भने आईसीयूमा राखिएको छ।
भगवानको वरदान
एकै पटक चार सन्तान जन्मिएपछि तामाङ दम्पतीले यसलाई भगवानको वरदान मानेका छन्। उनीहरूले आफ्नो चाहना वा प्रयासमा केही नहुने भन्दै ईश्वरको कृपाले यस्तो सम्भव भएको बताउँछन्।
“पहिला नै अल्ट्रासाउण्ड गराउँदा पेटमा चार वटा बच्चा छ भन्ने त थाहा थियो। तर, अप्रेसन गर्दा पाँच वटा पो रहेछ। यो त सबै भगवानको कृपा हो,” हरीले भने।
एउटा सन्तान पनि नहुँदा मानिसहरू निकै तनावमा हुन्छन्। तर, चार वटा सन्तान हुँदा तामाङ दम्पती भने निकै खुसी छन्।

“अब उनीहरूको शिक्षादिक्षामा ध्यान दिनुपर्छ। यो भगवानले मलाई वरदान नै दिएको हो। भगवानको रूपमा एउटा मात्र नभएर चार वटा लक्ष्मी भित्रिएका छन्। अब उनीहरूको इच्छा र चाहनाअनुसार भविष्यमा जे बन्न खोज्छन्, त्यही बन्नमा सहयोग गर्छौं,” हरीले भने।
नौ वर्षअघि विवाह गरेका उनीहरूको केही समयमै गर्भ बस्यो। तर, उनीहरूले तत्काल बच्चा नपाउने भनेर गर्भपतन गराए। त्यसपछि अर्को पटक बसेको गर्भ खेर गयो। त्यसपछि भने उनीहरूले केही वर्षको ग्याप पारेर बच्चा जन्माउने योजना बनाए।
“विवाह गरेको केही समयमै गर्भ बसेको थियो। तत्काल नपाउने भनेर गर्भपतन गरायौं। त्यसपछि भने केही समय नपाएरै बसेका थियो। अहिले त चारवटा पो जन्मियो,” हरीले भने।
एकभन्दा बढी बच्चा कसरी जन्मिन्छ?
सामान्यतया महिलाहरूले एक पटकको गर्भमा एक बच्चा जन्माउँछन्। तर, कुनै-कुनै महिलाले भने दुई वा तीनसमेत जन्माउने गरेका छन्। सन् २०१८ मा भारतमा एक महिलाले ६ वटा बच्चा जन्माएकी थिइन्।
तर, नेपालमा भने चारवटा जन्माएका घटना छन्। पाँच वटा नै जन्मिएको सम्भवतः यो पहिलो घटना हो।
आखिर एकभन्दा बढी सन्तान कसरी जन्मिन्छ? पाँच वटा बच्चालाई अप्रेसनमार्फत निकालेका अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले दुई कारण देखाएका छन्।
पुरूषको शुक्रकिट र महिलाको डिम्बाको मिलनबाट सन्तानको जन्म हुन्छ। पुरूषको वीर्यबाट निस्किने शुक्रकिट र महिलाको योनीबाट निस्कने एक डिम्बाबीच मिलन हुँदा एक सन्तानको जन्म हुने डा. सुवेदीको भनाइ छ।
तर, पुरूषको शुक्रकिट र महिलाको एकभन्दा बढी डिम्बाबीच मिलन हुँदा एकभन्दा बढी सन्तान जन्मिने गरेको उनले बताए।
त्यसका लगि वंशाणुगत गुण भएको खण्डमा दुई वा तीन सन्तान जन्मिन सक्ने उनको भनाइ छ। तर, तीनभन्दा बढी बच्चा जन्मिनुको पछाडि परिवार नियोजनको साधन प्रयोग भएको उनले बताए। त्यस्तो साधन प्रयोग गर्ने केहीमा यस्तो घटना हुने गरेको उनले बताए।
“कुनै व्यक्तिमा वंशाणुगत गुणबाट यसरी एकभन्दा बढी सन्तान जन्मिन्छन्। नत्र औषधि प्रयोग गरेको खण्डमा बढी सन्तान जन्मिन्छन्। या सरोगेसी बच्चा जन्माएको खण्डमा हुन्छ,” डा. सुवेदीले भने।