काठमाडौं। कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा सुधार आएको छ।
बुधबार उनले भिडियो रेकर्ड सन्देशमा अब कोरोना भ्याक्सिन नोभेम्बरको निर्वाचनपछि आउने बताए।
उनले भने, ‘‘मेरो विचारमा निर्वाचनअघि नै भ्यायक्सिन आउनु पर्थ्याे, तर त्यसमा राजनीति भयो। अब ठीकै छ, मानिसहरू यसमा पनि खेल खेल्न चाहिरहेका छन्। निर्वाचनपछि त्यो आउने छ।’’
कोरोना पोजिटिभ ट्रम्पको स्वास्थ्यमा २४ घण्टामा निकै सुधार आएको र बिरामीको हल्का लक्षण पनि नभेटिएको बताइएको छ।
ह्वाइट हाउसका चिकित्सक सेन कोनलेले राष्ट्रपति ट्रम्प शारीरिक रूपमा स्वस्थ रहेको बताए। चार दिनदेखि कुनै ज्वरो नआएको र अक्सिजन स्तर पनि सामान्य तथा स्थिर रहेको उनले जानकारी दिए। अस्पताल भर्ना हुने बेलामा उनलाई अक्सिजन आवश्यक परेको थियो।
अक्टोबर १ मा राष्ट्रपति ट्रम्प संक्रमित भएका थिए। उपचारका लागि उनलाई सैन्य अस्पतालमा भर्ना गरिएको थियो। सोमबार उनी अस्पतालबाट ह्वाइट हाउस गएका थिए। (एजेन्सी)
" /> काठमाडौं। कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा सुधार आएको छ।बुधबार उनले भिडियो रेकर्ड सन्देशमा अब कोरोना भ्याक्सिन नोभेम्बरको निर्वाचनपछि आउने बताए।

">