बागलुङ। विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।
काठेखोला गाउँपालिका-६ की एक बालिकालाई गत मंगलबार जबर्जस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन्।
प्रहरीले बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिकलाई पक्राउ गरेको छ।
स्थानीय एक विद्यालयमा वैकल्पिक सिकाइका लागि हिँड्दै गरेकी बालिकालाई जंगल छेउ सडकबाट उठाएर मोटरसाइकलमा राखेको देखेपछि स्थानीयले उद्धार गरेका थिए।
दुवैलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले ७ दिनको म्याद थप गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए। अपहरणमा परेकी बालिका हाल परिवारको साथमा छिन्।
" /> बागलुङ। विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।काठेखोला गाउँपालिका-६ की एक बालिकालाई गत मंगलबार जबर्जस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन्।

">