एजेन्सी। दक्षिण कोरियाले गर्भपतनसम्बन्धी कानुन ल्याउने भएकाे छ। त्यहाँकाे कानुन मन्त्रालयका अनुसार महिलालाई १४ हप्तासम्मको गर्भपतन गराउन पाउने गरी कानुनको मस्यौदा हुन लागेको हो। यसअघि यहाँका महिलालाई आफैंले चाहेर गर्भपतन गराउन पाउने अधिकार थिएन।
उनीहरुमा गम्भीर प्रकृतिको रोग देखिएमा, बच्चा अपांग रहेको भनी स्वास्थ्य जाँचका क्रममा पाइएमा र बलात्कारका कारण गर्भ रहन गएमा त्यस्ता महिलाको मात्र गर्भपतन हुने कानुनी प्रावधान हाल कायम रहेको छ।
तर पनि महिला अधिकारवादीहरुले महिलाले चाहेमा गर्भपतन गराउन पाउनुपर्ने कानुनको माग गर्दै आएका थिए। सोही पक्षमा दक्षिण कोरियाको सर्वाेच्च अदालतले पनि फैसला गरेको थियो। सर्वाेच्च अदालतले महिलाले चाहेमा आफ्नै निर्णयअनुसार गर्भपतन गराउन सक्ने गरी कानुन बनाउन आदेश दिएको थियो।
सन् २०१९ को अप्रिल महिनामा यहाँको संवैधानिक अदालतले महिलाले चाहेमा १४ हप्तासम्मको गर्भ पनि पतन गराउन पाउने गरी सन् २०२० भित्रै कानुन बनाउनु भनेको थियो। सोही बमोजिम नै यहाँको सरकारले यस्तो कानुनको मस्यौदा गरिरहेको जानकारी दक्षिण कोरियाको कानुन मन्त्रालयले दिएको हो।
" /> एजेन्सी। दक्षिण कोरियाले गर्भपतनसम्बन्धी कानुन ल्याउने भएकाे छ। त्यहाँकाे कानुन मन्त्रालयका अनुसार महिलालाई १४ हप्तासम्मको गर्भपतन गराउन पाउने गरी कानुनको मस्यौदा हुन लागेको हो। यसअघि यहाँका महिलालाई आफैंले चाहेर गर्भपतन गराउन पाउने अधिकार थिएन।उनीहरुमा गम्भीर प्रकृतिको रोग देखिएमा, बच्चा अपांग रहेको भनी स्वास्थ्य जाँचका क्रममा पाइएमा र बलात्कारका कारण गर्भ रहन गएमा त्यस्ता महिलाको मात्र गर्भपतन हुने कानुनी प्रावधान हाल कायम रहेको छ।

">