गुलाम आयशालाई आफ्नो बाल्यकालको धूमिल सम्झना छ। बाल्यकालमा त उनको नाम दाफिया बाई थियो। उनी चोलिस्तान क्षेत्रमा बालुवामा आफ्ना भाइबहिनीसँग खेल्थिन्। आफ्ना मातापिताले सँगै काम गरिरहेको देख्थिन्। यो भारत विभाजनअघिको कुरा हो।
उनलाई हेक्का छ, बिकानेरको मोरखाना क्षेत्रमा मामाको विवाहमा जानका लागि कयौं किलोमिटर हिँडेको। फेरि केही समयपछि, दाफिया बाईका मातापिताले उनको पनि विवाह गरिदिए। त्यस समय उनी लगभग १२ वर्षकी थिइन्।
उनका मातापिताले दाइजोसहित बहावलपुर जिल्लाको अहमदावाद क्षेत्रबाट हमला रामका साथ खैरपुर तमिवली पठाए, त्यसबखत उनलाई थाहा थिएन त्यो नै आफ्नो परिवारलाई देख्ने अन्तिम मौका थियो। दाफिया बाई खैरपुरस्थित पतिको घर पुगेको तीनचार दिनमात्रै भएको थियो, भारत विभाजनको औपचारिक घोषणा भयो।
विभाजनको घोषणासँगै ठूलो भागदौड मच्चिएको उनी बताउँछिन्। जब लुटपाट सुरु भयो, तब उनको परिवारका महिलाले आफूले लगाएका गरगहना उतारेर लुकाउन थाले। उनीहरु आफ्ना गहना लुटिनबाट जोगाउन चाहन्थे। उनी भन्छिन्, ‘‘चारैतिर नरसंहार, हत्या सुरु भयो। मानिसहरु ज्यान बचाउन भाग्न थाले।’’
अन्य हिन्दु परिवारले जसरी नै उनको घरले पनि पलायनको फैसला गर्यो। जुन दिन उनी घरबाट निस्कनु थियो, त्यही दिन स्थानीय जमिनदार बख्सान्दे खानले उनलाई साँझसम्म काम गरेर मात्र जान भने। उनी भन्छिन्, ‘‘म सानै थिएँ, साथीहरुसँग खेल्दै गर्दा रात परिसकेको थियो। मेरा घरका मानिसहरु हिँडिसकेका थिए। भगवान् जानून्, ती कहाँ गए। मलाई थाहा छैन।’’
यो अवस्थामा उनको जिन्दगी तिनै जमिनदार बख्सान्देको दयामा टिकेको थियो। तर ती जमिनदारले दुईवटा गोरु लिएर आफूलाई गुलाम रसुल नामको एक व्यक्तिलाई बेचिदिएको दाफिया बाई बताउँछिन्। उनलाई थाहा थिएन, उनका मातापिता र भाइबहिनीमाथि के भयो।
मातापिताले के दाफिया बाईलाई खोजेनन्?
थुप्रै वर्षसम्म उनले आफ्ना मातापिताको खबर पाइनन्। यी समयमा, उनी आफ्ना नयाँ मुस्लिम परिवारसँग घुलमिल भइसकेकी थिइन्। उनी तिनका बच्चाहरुसँग कुरान पढ्न जान्थिन्। उनी त्यस समय मुसलमान भइसकेकी थिइन् र उनको नाम फेरिएर गुलाम आयशा राखिएको थियो।
उनलाई आफूले बिताइरहेको समय र परिस्थितिमा आफ्नो परिवारलाई खोज्न सक्दिनथिन्। उनलाई लाग्थ्यो, आफ्ना बारे कसैसँग खुलेर कुरा गर्नु पनि सहज थिएन।
आयशालाई आफ्ना पिता नोला राम, माता सोनिया बाई, बहिनी मीरा बाई, भाइ अस्सु राम, चोथु रामसँग भेट्न मन लाग्थ्यो। के तिनले पनि आयशालाई खोजे होलान्? दुवै पक्षको भेट भएपछि मात्रै यो भन्न सकिन्छ।
उनको विवाह तत्कालै गुलाम रसुलको छोरा अहमद बख्ससँग गरिदिए। नयाँ परिवारले आफूलाई निकै प्रेमले पालेको उनी बताउँछिन्। उनलाई छुट्टै कोठा दिइएको थियो। उनी भन्छिन्, ‘‘कसैले पनि मलाई कहिल्यै आदेश दिएनन्। मलाई एक गिलास पानी देऊसमेत कसैले भनेनन्।’’
अहमद बख्ससँग विवाह गरेपछि उनले सात सन्तान जन्माइन्। तीन छोरा थिए। जब उनका दुई सन्तान भए तब उनले आफ्नो खास परिवारलाई खोज्न सुरु गरिन्। उनका पति अहमदले पनि यो काममा सहयोग गरे।
‘‘अहमदले म रोएको देख्थे, त्यसैले पनि उनले मद्दत गरे। अहमदपुरतिर जाने मानिस हेर्न जान्थे उनी। मेरा मातापिता खोज्न मद्दत गर भनिरहन्थेँ म उनलाई,’’ उनी भन्छिन्, ‘‘जो मानिस अहमदपुरतिर गइरहेका हुन्थे, म तिनलाई पैसा र घिउ दिँदै भन्थेँ– मेरा मातापिता पनि त्यहीँ बस्छन्, उनीहरुको बारेमा खोजी गरिदेऊ। तर कोही पनि फर्केर आउँदैनथे।’’
केही समयपछि उनी पतिका साथ खैरपुर, मेल्सी सहसिलमा बस्न गइन्। अहिले पनि उनी आफ्ना बच्चासँग त्यहीँ बस्छिन्। अहिले त उनको उमेर लगभग ८६ वर्ष भयो, उनको पतिको निधन भइसक्यो। बच्चा पनि केवल दुई छोरी जीवित छन्।
आफन्तसँग कुराकानी
खोजबिन गर्न थालेको ७३ वर्ष बितिसकेको छ। उनले देश विभाजनको समयमा बिछोडिएका परिवारको ठेगाना पत्ता लगाएकी छन्। हालै उनले आफ्ना एक भतिजा खजारी लाल र उनको छोरासँग भिडियो कलमा कुराकानी गरिन्।
उनीहरू भारतमा बस्छन्। हरिया खेतको बीचमा रहेको एउटा रुखको छायाँमा बसेर जब उनले पहिलो पटक भतिजासँग कुरा गरिन्, तब उनको आँखाबाट आँसु बहन थाल्यो। उनले आफ्नो मोबाइल फोनको स्क्रिनमा चुम्बन गरिन् र रुँदै भतिजासँग भनिन्, ‘‘मलाई यस्तो लाग्दैछ, मेरो भाइ मसँगै आएको छ। मैले आफ्नो सारा जीवन तिमीहरुलाई हेर्नका लागि रोइरोइ बिताएकी छु।’’
उनको दृष्टि निकै कमजोर भइसकेको छ, त्यसैले उनी स्क्रिनमा आफ्नो भतिजाको अनुहार राम्ररी देख्न सक्दिनन्। उनलाई भतिजाले बोल्ने भाषा पनि बुझ्न कठिन छ। दाफिया बाई केवल सरायकी भाषा बुझ्छिन्, उनको भतिजा मारवाडी बोलिरहेका थिए।
उनी भन्छिन्, ‘‘जब म फोन आफ्नो नजिक ल्याउँछु, तब मलाई उसको झलक देखेको महसुस हुन्छ। केही दिनअघि ऊसँग कुरा भएको थियो। मेरो भतिजा हाँस्यो, मलाई लाग्यो- ऊ गोरो छ र उसको सफेद दाँत चम्कियो।’’ दाफियालाई उनको भतिजाले बोलेको भाषा नसिर खानले बुझाइदिएका थिए।
तिनै नसिर खानले दाफियालाई उनको परिवार खोज्न मद्दत गरेका थिए। उनको परिवार भारतको पञ्जाब क्षेत्रको बिकानेर मोरखाना क्षेत्रमा बस्थे र खेतीपाती गर्थे। यो त्यही मोरखाना थियो, जहाँ दाफिया बाई मामाको विवाहमा पुगेकी थिइन्।
गुलाम आयशाको सम्झनामा रहेको एक कथाले उनको भतिजासम्म पुग्न मद्दत गर्यो। उनको कथामा रहेका कतिपय मानिसलाई त अब उनले कहिल्यै भेट्न पाउने छैनन्।
‘‘सुनेकी छु, मेरो भाइ मरिसकेको छ। भतिजा छ। म उनीसँग भेट्न चाहन्छु। र, मेरी बहिनी जीवित छिन्, उनीसँग पनि भेट्न चाहन्छु,’’ उनी भन्छिन्। उनकी बहिनी मीरा बाई केही पर गाउँमा बस्ने हुनाले कुरा गर्न पाएकी छैनन्।
उनको भतिजाले बाचा गरेको छ, मीरा बाईसँग एकदिन कुरा गराउने। उनी त्यो दिनको तीव्र प्रतीक्षामा छिन्।
सामाजिक सञ्जालले खेलेको भूमिका
आयशाको पतिको निधनपश्चात् नसिर खानले नै यो खोजमा उनलाई साथ दिएका थिए। उनलाई लिएर नसिर अहमदपुर र खैरपुरसम्म पनि पुगे। हरेक प्रयास असफल भयो, त्यसपछि उनीहरुले मिडियाको सहयोग लिने फैसला गरे।
कुनै एक वर्षको १४ अगस्टको दिन उनीहरुले एउटा स्थानीय अखबारमा गुलाम आयशा आफ्नो परिवारसँग विछोडिएको कथा प्रकाशित गराए। यो पढेपछि कुरा टेलिभिजन च्यानलसम्म पनि पुग्यो। तर अगाडि भने बढेन।
यो वर्ष पुनः १४ अगस्टका दिन, उनीहरुले खबर प्रकाशित गरे। उक्त खबर सामाजिक सञ्जालमा पुग्यो। त्यहाँबाट भारतको दिल्लीमा मोहम्मद जाहिद नामका पत्रकारसम्म पुग्यो। उनैले नसिर खानसँग सम्पर्क गरे।
नसिरले पत्रकार जाहिदलाई दाफियाका बारेमा सबै कुरा बताइदिएका थिए। जाहिदले भोलिपल्टै नसिरलाई फोन गरेर दाफियाका परिवार भेटको जानकारी दिए।
त्यसपछि नै आयशाले भतिजासँग कुरा गर्न पाएकी हुन्। आयशाले दिएको ठेगाना, हुलिया, सरकारी रेकर्डलगायत सारा कुरा मिलेपछि लामो समयदेखि विछोडिएका परिवारबीच भिडियो कुराकानी हुन सकेको नसिर बताउँछन्।
आयशा अब आफैं हिँडडुल गर्न सक्दिनन्, सहारा चाहिन्छ। उनी कुर्सीमा बसेर मोबाइलमा आफ्ना परिवारको फोटो हेरिरहन्छिन्। भेट्नका लागि आतुर हुन्छिन्। उनी भारत र पाकिस्तानका सरकारलाई आफ्नो भतिजालाई भिसा दिन अपिल गर्छिन्।
उनी भन्छिन्, ‘‘म चाहन्छु, मेरो जीवनकालमै भतिजासँग भेट्न पाउँ। तिनलाई भिसा दिइयोस् र ऊ यहाँ आएर मलाई भेट्न पाओस्।’’
आयशाको अन्तिम इच्छा पूरा गर्न भारत-पाकिस्तानबीचको तनावपूर्ण सम्बन्ध रोकावट बनेर रहेको छ।
उनी केही सन्तुष्ट भने छिन्, दशकौं पुरानो खोजी आखिर सफलतानिकट पुगेको छ। उनीभित्रको १२ वर्षीया दाफिया बाई अहिले पनि प्रतीक्षामा छ। (बीबीसी)
" /> गुलाम आयशालाई आफ्नो बाल्यकालको धूमिल सम्झना छ। बाल्यकालमा त उनको नाम दाफिया बाई थियो। उनी चोलिस्तान क्षेत्रमा बालुवामा आफ्ना भाइबहिनीसँग खेल्थिन्। आफ्ना मातापिताले सँगै काम गरिरहेको देख्थिन्। यो भारत विभाजनअघिको कुरा हो।उनलाई हेक्का छ, बिकानेरको मोरखाना क्षेत्रमा मामाको विवाहमा जानका लागि कयौं किलोमिटर हिँडेको। फेरि केही समयपछि, दाफिया बाईका मातापिताले उनको पनि विवाह गरिदिए। त्यस समय उनी लगभग १२ वर्षकी थिइन्।

">