खाेटाङ। फोक्सो तथा मुटुको रोगका कारण ज्यान गुमाएका ताप्लेजुङका साहित्यकार एवम् पूर्वशिक्षक लुङमाहिम काइँला (भीम इजम)को परिवारलाई खोटाङबाट ७६ हजार रूपैयाँ आर्थिक सहयोग रकम पठाइएको छ।
फोक्सोमा देखिएको समस्यापछि मुटुमा परेको असरले जलोदर (पेटमा पानी जम्ने समस्या) ले ज्यान गुमाएका ताप्लेजुङस्थित पाथीभरा याङ्बरक गाउँपालिका-३ तिरिङ्गेका साहित्यकार काइँलाका परिवारको सहयोगार्थ बुधबार ७६ हजार २०० रूपैयाँ आर्थिक सहयोग रकम पठाइएको हो।
गम्भीर रोगबाट पीडित काइँलाको उपचारमा सहयोग गर्न जिल्लामा ‘लुङमाहिम काइला उपचार सहयोग अभियान’ सञ्चालन भइरहेकै अवस्थामा उनको मृत्यु भएकाे थियाे।
सङ्कलित रकम उनको परिवारको नाममा पठाइएको आर्थिक सहयोग सङ्कलन समितिले जनाएको छ।
जिल्लामा सङ्कलित सहयोग रकम उनकै श्रीमती सीता चोङबाङको नाममा सिद्धार्थ बैङ्कको पथरी शाखामा जम्मा गरिएको सहयोग सङ्कलन अभियानका आर्थिक संयोजक सीता थुलुङले बताए। रासस
" /> खाेटाङ। फोक्सो तथा मुटुको रोगका कारण ज्यान गुमाएका ताप्लेजुङका साहित्यकार एवम् पूर्वशिक्षक लुङमाहिम काइँला (भीम इजम)को परिवारलाई खोटाङबाट ७६ हजार रूपैयाँ आर्थिक सहयोग रकम पठाइएको छ।फोक्सोमा देखिएको समस्यापछि मुटुमा परेको असरले जलोदर (पेटमा पानी जम्ने समस्या) ले ज्यान गुमाएका ताप्लेजुङस्थित पाथीभरा याङ्बरक गाउँपालिका-३ तिरिङ्गेका साहित्यकार काइँलाका परिवारको सहयोगार्थ बुधबार ७६ हजार २०० रूपैयाँ आर्थिक सहयोग रकम पठाइएको हो।

">