पूर्वी नेपालका केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौं। आज देशभरको माैसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ।

त्यस्तै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

बंगालको खाडीको उत्तर(पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।

विभागका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश १ का एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्