काठमाडाैं। ट्राफिक प्रहरीले उपत्यकाका सरकारी कार्यालयमा ‘ट्राफिक सचेतना’ सम्बन्धी होर्डिङ बोर्ड राख्न सुरु गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक नियमसम्बन्धी मुख्य, मुख्य व्यावहारिक र जीवनउपयोगी बुँदा राखेर तयार गरिएको होर्डिङ बोर्ड राख्न सुरु गरेको हो।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सरकारी कार्यालयमा होर्डिङ बोर्ड राख्न सुरु गरिएको जानकारी दिए।
“चालकलाई आफ्नो जिम्मेवारीप्रति बोध गराई सडक सभ्यतालाई जीवन पद्धतिको रुपमा विकास गर्न यो अभियान सुरु गरिएको हो,” उनले भने। ट्राफिक व्यवस्थापनका लागि सडक पूर्वाधार, कानुन कार्यान्वयन र सडक सचेतना आवश्यक रहेको उनको भनाइ थियो। महाशाखाले उपत्यकाका मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताललगायतका क्षेत्रमा उक्त होर्डिङ बोर्ड राखेको हो।
सवारी चालक र सडक प्रयोगकर्ताले पालना गर्नुपर्ने ट्राफिक नियमहरु जानकारी हुँदा जिम्मेवार नागरिक भई सडकमा प्रस्तुत हुने र त्यसबाट सडक सभ्यताको विकास भई ट्राफिक व्यवस्थापनमा सहयोग हुने महाशाखाले जनाएको छ। महाशाखाले उपत्यकाका विभिन्न कार्यालयमा ४०० होर्डिङ बोर्ड राख्ने बताएको छ। रासस
" /> काठमाडाैं। ट्राफिक प्रहरीले उपत्यकाका सरकारी कार्यालयमा ‘ट्राफिक सचेतना’ सम्बन्धी होर्डिङ बोर्ड राख्न सुरु गरेको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक नियमसम्बन्धी मुख्य, मुख्य व्यावहारिक र जीवनउपयोगी बुँदा राखेर तयार गरिएको होर्डिङ बोर्ड राख्न सुरु गरेको हो।

">