काठमाडाैं। राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई अशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न आग्रह गरेको छ।
आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति जारी गर्दै वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकाले त्यसतर्फ समयमै सार्थक पहल गरी डा. केसीको जीवन रक्षा गर्न आग्रह गरेका हुन्।
आफ्ना माग पूरा गराउन आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न पनि आयोगले डा. केसीलाई आग्रह गरेको छ। विज्ञप्तिमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाजस्तो आधारभूत मानव अधिकारको विषयमा सरकार र डा. केसीबीच विगतमा भएका सम्झौताको कार्यान्वयन अवस्था सार्वजनिक गर्न पत्राचार गरिएको उल्लेख छ।
सरकारलाई डा. केसीको स्वास्थ्य अवस्था र उचित मागप्रति समयमै संवेदनशील बन्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ। डा. केसीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको बागमती प्रदेश कार्यालयको टोलीले आज महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी अनुगमनसमेत गरेको छ।
लामो समयदेखि चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनलगायतका माग राखी पछिल्लोपटक गत भदौ २९ गतेदेखि आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्तजनक बन्दै गइरहेकोप्रति आयोगको ध्यानाकर्षण भएकोसमेत विज्ञप्तिमा जनाइएको छ।
निजको स्वास्थ्य अवस्था सम्बन्धमा सरकारबाट चासोका साथ नहेरिएको अनुगमनको क्रममा पाइएको आयोगका प्रवक्ता भट्टराईले बताए। रासस
" /> काठमाडाैं। राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई अशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न आग्रह गरेको छ।आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति जारी गर्दै वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकाले त्यसतर्फ समयमै सार्थक पहल गरी डा. केसीको जीवन रक्षा गर्न आग्रह गरेका हुन्।

">