भक्तपुर। मध्यपुर ठिमी नगरपालिका–२ मनहरा दिव्यश्वरी प्लानिङबाट कारको ढोका फुटाई ४ लाख रूपैयाँ चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लोकन्थली बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३१ वर्षीय धनबहादुर भण्डारी रहेका छन्। उनलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो। काठमाडौं बालाजु बस्ने ३० वर्षीय पुरुषको बा १५ च ४०५ नम्बरको कारको सिसा फुटाई नगद ४ लाख रूपैयाँ लुटपाट भएको घटनामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनको साथबाट अमेरिकी डलर १ को २९८ वटा, २ को एउटा, ५० को ३ वटा र १ थान सादा कागजको बिट्टोसमेत बरामद गरेको छ।
घटनामा संलग्न रहेका उनकै साथी २५ वर्षीय कमल खड्काले लुटपाट गरेको नगद लिई फरार भएकोले प्रहरीले उनको खोजी गरिरहेको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" /> भक्तपुर। मध्यपुर ठिमी नगरपालिका–२ मनहरा दिव्यश्वरी प्लानिङबाट कारको ढोका फुटाई ४ लाख रूपैयाँ चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा लोकन्थली बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३१ वर्षीय धनबहादुर भण्डारी रहेका छन्। उनलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो। काठमाडौं बालाजु बस्ने ३० वर्षीय पुरुषको बा १५ च ४०५ नम्बरको कारको सिसा फुटाई नगद ४ लाख रूपैयाँ लुटपाट भएको घटनामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

">