काठमाडौं। विश्वका चर्चिच लिड गिटारिस्ट एडी भ्यान हेलेनको ६५ वर्षको उमेरमा हिजो मृत्यु भएको छ।
विश्व चर्चित आईकोनिक रक व्याण्ड ‘भ्यान हेलेन’ का उनी लिड गिटारिस्ट थिए। उनको छोरा वल्फ भ्यान हेलेनले ट्वीट मार्फत आफ्नो बुबाको मृत्यु भएको पुष्टि गरेका हुन्।
“उहाँ असल बुबा हुनुहुन्थ्यो,” वल्फ भ्यान हेलेनले ट्वीटरमा भनेका छन्, “मैले उहाँसँग स्टेजभित्र र बाहिर बिताएका पलहरू मेरो लागि सबैभन्दा महत्पूर्ण उपहार हुन्।’
लामो समयदेखि बुबा क्यान्सरसँग लडिरहेको र क्यान्सरकै कारण उनको मृत्यु भएको छोराले बताएका छन्। भ्यान हेलेनले सन् २००९ मा नायिका जेनी लिस्जेवेस्कीसँग विवाह गरेका थिए।
“मेरो मन टुटेका छ। यो पीडाको क्षणलाई म छिट्टै भुल्न सक्नेछैन,’ उनले भनेका छन्।
एडी भ्यान हेलेनकी पूर्व पत्नी भ्यालिरी ब्रिटेनिलीले ४० वर्षअघि लिड गिटारिस्टसँग भेट भएपछि आफ्नो जिवन फेरिएको बताएकी छन्।
“तपाइँले मलाई जीवनमा एउटा साँचो ज्योति दिनुभयो, हाम्रो छोरा, वल्फ,” उनले भनेकी छन्, “फोक्सोको क्यान्सरको चुनौतीपूर्ण उपचारमा सधै तपाइँले साथ दिनुभयो र हाँसिरहरनु भयो।”

भ्यालिरीले भावुक हुँदै लेखेकी छन्, “म तपाइँप्रति धेरै कृतज्ञ छु। अन्तिम क्षणसम्म साथ दिन सफल पनि भएँ। म अर्को जुनिमा पनि तपाइँकै हुन चाहन्छु, मेरो मायालु।”
एडी भ्यान हेलेनको पूरा नाम इडवार्ड लोडिविज्क भ्यान हेलेन हो। उनले आफ्नो दाइ एलेक्स भ्यान हेलेनसँग सानैदेखि स्टेज कार्यक्रम शुरू गरेका थिए। डेभिड लि रोथसँग भेट भएपछि उनले म्यान हेलन रक व्याण्ड स्थापन गरेका थिए।
चार दशक लामो सांगितिक यात्रामा भ्यान हेलनले एक दर्जनभन्दा बढी एल्बमहरू निकालेका थिए। यो चार दशकमा एडी भ्यान हेलेनले लिड गितारमार्फत विश्व हल्लाएका थिए। करोडौंका मनमुटुमा बस्न सफल भएका थिए।
भ्यान हेलेनले किङ्ग अफ पप माइकल ज्याकसनसँग पनि काम गरेको थियो, जुनै निकै चर्चित रह्यो। ज्याक्सन्को ‘बिट इट’मा भ्यान हेलेनले साथ दिएको थियो। ज्याक्सनले उक्त गीत ‘थ्रिलर’ एल्बममा राखेका थिए। रक र पपको फ्युजन गरिएको ‘बिट इट’लाई धेरैले रुचाए।
‘रनीन’, ‘विथ द डेभिल’, ‘पानामा’, ‘हट फर टिचर’, ‘ह्वाई कान्ट दिस बी लव’ र ‘जम्प’ जस्ता सिग्नेचर गीतहरुमा एडी भ्यान हेलेन भूमिका महत्वपूर्ण रहेको थियो।
“मेरो पूरै जीवन संगीतले भरिएको छ,’ एडी भ्यान हेलेनले सन् २०१७ मा सीएनएनसँग भनेका थिए, “म संगीतबाहेक अरु केही सोच्न सक्दिन।”
रोलिङ स्टोनको ‘१०० महान गिटारिस्ट’ को सूचीमा एडी भ्यान हेलेन ८औं नम्बरमा रहेका थिए। सो सूचीको दोस्रो नम्बरमा थिए इरिक क्ल्याप्टन।
क्ल्याप्टनको गीतारबाट निस्कने धुनबाट आफू प्रभावित भएको समेत उनले बताएका थिए। “मलाई एकजना गिटारिस्टले मात्र प्रभावित गरेका छन्, मैले उनको जस्तो आजाव निकाल्न सकेको छैन,’ क्ल्याप्टनको प्रशंषा गर्दै उनले भनेका थिए। सीएनएन
" /> काठमाडौं। विश्वका चर्चिच लिड गिटारिस्ट एडी भ्यान हेलेनको ६५ वर्षको उमेरमा हिजो मृत्यु भएको छ।विश्व चर्चित आईकोनिक रक व्याण्ड ‘भ्यान हेलेन’ का उनी लिड गिटारिस्ट थिए। उनको छोरा वल्फ भ्यान हेलेनले ट्वीट मार्फत आफ्नो बुबाको मृत्यु भएको पुष्टि गरेका हुन्।

">