काठमाडौं। कोरोनाका सक्रिय सक्रंमितको संख्या २५ हजार नाघेपछि लकडाउन हुने चर्चा चलिरहेको छ। दसैँको मुखमा लकडाउन हुन सक्ने चर्चासँगै व्यवसायीहरूले अग्रिम टिकट बुकिङ खोल्न आनाकानी गर्दै आएका छन्।
अरनिको यातायातका अध्यक्ष चित्रबहादुर कुँवर लामो दूरीका यातायात व्यवसायीहरू अग्रिम बुकिङ नखोल्ने पक्षमा रहेको बताउँछन्। उनले भने, “अग्रिम बुकिङ खोलेपछि सरकारले लकडाउन गर्यो भने पैसा फिर्ता गर्न समस्या हुन्छ।”
यस्तै, उपत्यकाबाट बाहिरिने यात्रुको चाप कम हुँदा समेत व्यवसायीहरु अन्यौलमा रहेको उनको उनको भनाइ छ।
अग्रिम टिकट बुकिङ खोल्ने वा नखोल्नेबारे भोलि यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच छलफल हुँदैछ। उक्त छलफलपछि अग्रिम टिकट बुकिङको विषयमा निर्णय हुने बताइएको छ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुषालले व्यवसायीलाई अग्रिम टिकट बुकिङ खोल्न दबाब दिने पक्षमा विभाग नरहेको जानकारी दिए।
उनले देखापढीसँग भने, “व्यवसायीहरु अग्रिम बुकिङ नखोल्ने पक्षमा देखिन्छन्। साथै, स्वास्थ्य मन्त्रालयले पनि संक्रमणको जोखिमलाई ध्यान दिएर जो जहाँ छ त्यहीँ दसैँ मनाउन आग्रह गरेको छ।”
“यो वर्ष उपत्यकाबाट बाहिर जाने यात्रुहरुको चाप पनि कम छ। गत वर्षहरुको जस्तो प्रेसर छैन। जसकारण बुकिङ नखोले पनि यात्रु लग्न सकिने देखिन्छ”, भुषालले भने।
यद्यपी, व्यवसायीहरूसँग भोलि हुने छलफलपछि निस्कर्ष निस्किने उनको भनाइ छ।
" /> काठमाडौं। कोरोनाका सक्रिय सक्रंमितको संख्या २५ हजार नाघेपछि लकडाउन हुने चर्चा चलिरहेको छ। दसैँको मुखमा लकडाउन हुन सक्ने चर्चासँगै व्यवसायीहरूले अग्रिम टिकट बुकिङ खोल्न आनाकानी गर्दै आएका छन्।अरनिको यातायातका अध्यक्ष चित्रबहादुर कुँवर लामो दूरीका यातायात व्यवसायीहरू अग्रिम बुकिङ नखोल्ने पक्षमा रहेको बताउँछन्। उनले भने, “अग्रिम बुकिङ खोलेपछि सरकारले लकडाउन गर्यो भने पैसा फिर्ता गर्न समस्या हुन्छ।”

">