कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका-६ मा हिजो बेलुकी टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रोल्पाको सुनछहारी गाउँपालिका-७ खेवाङ घर भइ हाल शिवराज नगरपालिका-२ हल्लानगरमा बस्दै आएकी ४० वर्षीया सुनिता बुढा मगर छिन्।
दुर्घटनामा गम्भीर घाइते भएकी सुनिताको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको प्रदेश २, ०३-००१ ख ०४८१ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको ग. १२ प ७१०६ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो।
मोटरसाइकल चालक भने सकुशल छन्। टिपर चालकलाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
" /> कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका-६ मा हिजो बेलुकी टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा रोल्पाको सुनछहारी गाउँपालिका-७ खेवाङ घर भइ हाल शिवराज नगरपालिका-२ हल्लानगरमा बस्दै आएकी ४० वर्षीया सुनिता बुढा मगर छिन्।

">