चितवन। चितवनमा असोज १० र १२ गते बाघको आक्रमणबाट दुईजनाको ज्यान गयो।
दुई दिनको बीचमा दुईजनाको ज्यान गएपछि यसबारे अनुसन्धान थालिएको छ।
वन र वन्यजन्तुको क्षेत्रमा काम गर्दै आइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले कुमरोजमा मानिसलाई आक्रमण गर्ने बाघलाई क्यामेरामार्फत् निगरानी बढाएको छ।
कार्यालयका प्रमुख डा. बाबुराम लामिछानेले फेरि पनि अप्रिय घटना घट्न सक्ने भएकाले कुमरोज सामुदायिक वनमा आक्रमण गर्नेे बाघलाई निगरानी बढाइएको जानकारी दिए।
“बाघ अहिले पनि सोही स्थानमा हिँडडुल गर्ने गरेको क्यामेरामा दृश्य कैद भइरहेको तर अहिले तत्काल समातेर राख्नुपर्ने अवस्था छैन”, उनले भने, “बाघ वस्तीमा प्रवेश गरे त्यसलाई अति संवेदनशील मानिन्छ। त्यही भएर क्यामेरा राखेर त्यसको गतिविधि अध्ययन गर्ने काम पनि भइरहेको छ। वस्ती प्रवेश गर्ने सङ्केत देखाए स्थानीयवासीलाई सतर्क रहन आग्रह गर्छाैँ।”
बाघको बानी ब्यहोरा र स्वास्थ्य अवस्थाबारे जानकारी लिन घटना भएकै दिनबाट क्यामेरा राखेर निगरानी गरिएको कार्यालयका प्रमुख लामिछानेले जानकारी दिए।
बाघको दैनिक कैद भएको दृश्यको आधारमा अध्ययन तथा अनुसन्धान भइरहेको उनले जानकारी दिए।
डा. लामिछानेका अनुसार बाघ अशक्त बूढो, शिकार गर्न नसक्ने, अन्य बाघसँग बस्न नसकेको खण्डमा वनको छेउ भागमा आउने गर्दछ।
यो अवस्थामा मानिसलाई आक्रमण गर्ने सम्भावना बढी हुन्छ। उनका अनुसार कुमरोजमा आक्रमण गर्ने बाघ पूर्णरूपमा स्वास्थ रहेको पत्ता लागेको छ।
कुनै पनि चोट, घाउ र अशक्तता देखिएको छैन। सो बाघ करिब आठ वर्ष उमेरको भाले पाटेबाघ हो। सन् २०१८ को बाघ गणनाको क्रममा सो बाघ पाँच वर्षको थियो।
कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले रत्ननगर–६ का ५५ वर्षीय बबना चौधरीलाई आक्रमण गरेको थियो।
घटनामा बाघले जरायो भर्खर मारेर खाना थालेका समय चाैधरी सोही स्थानमा घाँस काट्दै पुगेपछि आक्रमण गरेको देखिएको छ।
त्यस्तै भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बाघले स्थानीय ६५ वर्षीय जगदीश चौधरीलाई मारेको थियो।
यो बाघलाई अहिले निकुञ्जले नियन्त्रणमा राखेको छ। बाघलाई अहिले खोरमा राखेर उपचार गरिँदैछ। दुई घटना घटाउने बाघ भने फरक-फरक हुन्।
“बाघ लजालु स्वाभावको हुन्छ”, उनले भने, “मानिससँग टाढै बस्छ। तर शिकार गरेको आहार खाने समयमा वा सोही स्थानमा नजिकै भएमा आक्रमण गर्छ।”
बाघहरू अस्वस्थ भएर मानिसलाई आक्रमण गरेको भन्ने निष्कर्ष निक्लिए त्यो बाघलाई उपचारपछि छाडिन्छ।
चितवन राष्ट्रिय निकुञ्जको बाघमध्ये चार प्रतिशतले मानव बस्ती नजिक रहने गरेको अनुसन्धानबाट पत्ता लागेको छ। चितवनमा हाल ९३ वटा बाघ छन्। रासस
" /> चितवन। चितवनमा असोज १० र १२ गते बाघको आक्रमणबाट दुईजनाको ज्यान गयो।दुई दिनको बीचमा दुईजनाको ज्यान गएपछि यसबारे अनुसन्धान थालिएको छ।

">