कञ्चनपुर। विष खुवाएर ज्यान मार्ने उद्योग कसूर गरी फरार रहेकी बेलडाँडी गाउँपालिका-१ की २६ वर्षीया समिरा चन्दलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
तीन वर्षअघि नाबालकलाई विष खुवाई ज्यान मार्ने उद्योग गरी फरार रहेकी चन्दलाई घरमै लुकीछिपी बसेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
ज्यान मार्ने उद्योग कसूरमा चन्दलाई उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले २०७४ भदौ २० गतेको फैसलाअनुसार पाँच वर्ष कैद सजाय तोेकेको थियो।
अदालतले कैद तोकेपछि चन्द फरार थिइन्। पक्राउ परेकी चन्दलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ। रासस
" /> कञ्चनपुर। विष खुवाएर ज्यान मार्ने उद्योग कसूर गरी फरार रहेकी बेलडाँडी गाउँपालिका-१ की २६ वर्षीया समिरा चन्दलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।तीन वर्षअघि नाबालकलाई विष खुवाई ज्यान मार्ने उद्योग गरी फरार रहेकी चन्दलाई घरमै लुकीछिपी बसेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

">