सुनसरी। सुनसरी सदरमुकाम इनरुवा-७, वर्छवाचोकबाट मंगलबार प्रतिबन्धित लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका-७, कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर सरदार रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
ज८प ५९३६ नम्बरको मोटरसाइकलमा रहेका दुवैजनालाई जाँच गर्दा प्लाष्टिकको बोरामा लुकाइछिपाइ ल्याएको डाइलक्स डिसी ८९ बोतल, स्प्रामोप्रोक्सीभन प्लस ७६८ क्याप्सुल र निट्राभेट ४२० ट्याब्लेट बरामद गरिएको नायव उपरीक्षक कार्कीले बताए।
लागुऔषधसहित पक्राउ परेका उपेन्द्र र हरिशङ्करउपर थप अनुसन्धान तथा कानूनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ। रासस
" /> सुनसरी। सुनसरी सदरमुकाम इनरुवा-७, वर्छवाचोकबाट मंगलबार प्रतिबन्धित लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा हरिनगर गाउँपालिका-७, कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर सरदार रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।

">