कैलाली। नजिकिँदै गरेकाे चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरी कार्यालय कैलालीले जिल्लाका पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहराले धनगढीको त्रिनगर भन्सार र बसपार्क, टीकापुर, लम्की र अत्तरिया गरी पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको बताए।
उनले यात्रुहरूको चापलाई व्यवस्थित गर्न, सीमा नाकाहरूमा यात्रुहरू माथि हुने दुव्यर्वहार कम गर्न, भाडा असुली र सार्वजनिक यातायातका सवारीहरूमा यात्रुहरुलाई हुन सक्ने हैरानी लगायतका समस्या समाधानका लागि सहायता कक्ष स्थापना गरिएको बताए।
यात्रुहरूका कुनै समस्या वा जिज्ञासा भए नजिकै रहेको सहायता कक्षमा सम्पर्क राख्न प्रहरी निरीक्षक बोहराले आग्रह गरे।
" /> कैलाली। नजिकिँदै गरेकाे चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरी कार्यालय कैलालीले जिल्लाका पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहराले धनगढीको त्रिनगर भन्सार र बसपार्क, टीकापुर, लम्की र अत्तरिया गरी पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको बताए।

">