भक्तपुर। कोरोना सङ्क्रमणको जोखिमका कारण भक्तपुरमा दसैँका अवसरमा हुने विभिन्न जात्रापर्व तथा सांस्कृतिक क्रियाकलापलाई औपचारिकतामा मात्र सीमित गरिने भएको छ। यससँगै तलेजुमा दसैँका अवसरमा गरिने बलिसहितको पूजा पनि छोट्टिने भएको हो।
भक्तपुर दरवार क्षेत्रस्थित तलेजु परिसरमा हुने विभिन्न जात्रासँग सम्बन्धित सरोकारवालाको बैठकले मङ्गलबार यस्तो निर्णय गरेको हो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षता रहेको उक्त बैठकमा तलेजुका पुजारीहरू, विभिन्न जात्रासँग सम्बन्धित गुठीयार, गुठी संस्थान भक्तपुरका प्रमुख, महानगरीय प्रहरी परिसरका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो।
कोभिड–१९ को महामारीबीच दसैँलाई सुरक्षित ढङ्गले मनाउनुपर्नेमा नगर प्रमुख प्रजापतिले जोड दिएका छन्। यससँगै उनले यस निर्णयमा सबैले स्थानीयले साथ दिन आग्रह पनि गरेका छन्।
“यस वर्षको दसैँमा पनि अरू चाडपर्वजस्तै धेरै हुल जम्मा नहुने गरी सहज वातावरणमा सुरक्षित ढङ्गले मनाउनहुन सबैमा अनुरोध गर्दछु,” उनले बैठकमा भनेका छन्। यस विषयमा सम्बन्धित जात्राका सरोकारवालाहरूको राय–सुझाव लिएर मात्र यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
बैठकले विजया दशमीको अवसरमा यस वर्ष भक्तपुरको तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पुजामा बलि नदिने र तलेजु भवानीको पुजालाई स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी विधिपूर्वक सामान्य पूजामा मात्र सीमित गर्ने निर्णय गरेको हो।
साथै बैठकले यस वर्ष दसैँको घटस्थापनाका दिनदेखि विजया दशमीको दिनसम्म नगरका विभिन्न शक्ति पीठहरूमा हुने मेला, पूजा र नवरातको समयमा बाजा लिई वा नलिई कुनै किसिमले भीड हुने गरी मन्दिरहरूमा नजानका लागि पनि सर्वसाधारणलाई आह्वान गरेको छ।
बैठकले दशैं अवधिभर तलेजु परिसरमा पूजासँग सम्बन्धितबाहेक अन्य नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। गुठी संस्थानले तलेजु पुजाको लागि दसैँका अवधिमा ६० वटा बोका, ३१ वटा राँगा, ३० वटा हाँस दिने प्रचलनलाई यस वर्ष नदिने भएको छ।
बैठकमा भक्तपुरको तलेजुमा हुने जात्रासँग सम्बन्धित सरोकारवाला प्रज्ञेशराज राजोपाध्याय, सिद्धिवीर कर्माचार्य, पदम कर्माचार्य, महेश कर्माचार्य, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्य, महानगरी प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवे, भक्तपुर नगरपालिका–७ का वडा अध्यक्ष, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ तथा नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति रहेको थियो।
" /> भक्तपुर। कोरोना सङ्क्रमणको जोखिमका कारण भक्तपुरमा दसैँका अवसरमा हुने विभिन्न जात्रापर्व तथा सांस्कृतिक क्रियाकलापलाई औपचारिकतामा मात्र सीमित गरिने भएको छ। यससँगै तलेजुमा दसैँका अवसरमा गरिने बलिसहितको पूजा पनि छोट्टिने भएको हो।भक्तपुर दरवार क्षेत्रस्थित तलेजु परिसरमा हुने विभिन्न जात्रासँग सम्बन्धित सरोकारवालाको बैठकले मङ्गलबार यस्तो निर्णय गरेको हो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षता रहेको उक्त बैठकमा तलेजुका पुजारीहरू, विभिन्न जात्रासँग सम्बन्धित गुठीयार, गुठी संस्थान भक्तपुरका प्रमुख, महानगरीय प्रहरी परिसरका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो।

">