काठमाडौं। सुनसरी, सिरहा र धादिङमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थित सडकमा को १ त ८८०१ नम्बरको मिनी ट्याक्टर र को.३० प १२९६ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्कुटरमा सवार धरान उपमहानगरपालिका-१४ बस्ने २५ वर्षीय गोकुल तामाङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।
सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका-५ महेशवारीस्थित सडकमा स १ ह ३३२० नम्बरको अटो रिक्सा र ‘अन टेस्ट’ लखिएको अटो रिक्सा एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा हाल पहिचान नखुलेकी २५ वर्षीया महिलाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि राउ अस्पताल लाहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका लक्ष्मीपुरपतारी गाउँपालिका-६ बस्ने ६५ वर्षीय मोहमद रहमान मियासमेत तीन जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ।
फरार अटो रिक्सा चालकको प्रहरीले खोजी गर्नुका साथै स १ ह ३३२० नम्बरको अटो रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धादिङको नेत्रावती गाउँपालिका-५ चरङ्गेन बेतिनीस्थित सडकमा बा ५ ख ५७२८ नम्बरको आइचर गाडी अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा गाडीचालक गंगाजमुना गाउँपालिका-३ गुम्दी बस्ने ३५ वर्षीय वेगबहादुर गुरुङको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल धादिङवेशीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
" /> काठमाडौं। सुनसरी, सिरहा र धादिङमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थित सडकमा को १ त ८८०१ नम्बरको मिनी ट्याक्टर र को.३० प १२९६ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

">